संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : चिन रुसको पक्षमा, भारत तटस्थ नेपाल भने……

एजेन्सी –

यु क्रे न मा रुसी सैन्य ह स्त क्षे प वि रु द्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल यु क्रे न को पक्षमा उभिएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले यु क्रे न को पक्षमा मतदान गरेका हुन् । ती देशले रुसी

सैन्य ह स्त क्षेप को निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषदमा आपतकालीन बैठक आयोजना हुनुपर्ने यु क्रे न को मागमा सहमति जनाएका छन् ।

नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो । रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर यु क्रे न को समर्थन गर्न सकेका छैनन् ।

अमेरिका र अन्य पश्चिमा मुलुक भने यु क्रे न को पक्षमा उभिएका छन् । अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आ क्र म ण को वि रो ध मा उत्रिएका छन् ।

रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ यु क्रे न मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा तटस्थ देखिएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालले यु क्रे न को पक्षमा मत दिए पनि दक्षिणी छिमेकी भारतले सहभागिता जनाएन ।

उत्तरी छिमेकी चीनले यु क्रे न को विपक्षमा मतदान गरेको छ । परराष्ट्र मन्त्रालयले गतसाता एक विज्ञप्ति जारी गरी यु क्रे न मा रुसको ह स्त क्षे प को वि रो ध गरिसकेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४९ औँ सत्र सोमबार जेनेभामा शुरु भएको हो । परिषद्का ४७ सदस्य मुलुकमध्ये २९ देशले यु क्रे न मा रुसी सैन्य आ क्र म ण को निन्दा गर्दै आपत्कालीन बैठक माग गरेपछि अब परिषद् बिहीबार बस्ने भएको छ ।

यसअघि यु क्रे न ले आफूमाथि रुसी सैन्य ह स्त क्षे प को निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषदमा एक आपतकालीन बैठक आयोजना हुनुपर्ने माग राखेपछि त्यसमा मतदान भएको हो ।

यस्तै नेपालले रुस र यु क्रे न लाई वार्तामाफर्त शान्ति स्थापना गर्न आग्रह गरेको छ । हिंसाले थप हिं सा निम्त्याउने उल्लेख गर्दै नेपालले शान्ति स्थापनाका लागि अर्को विकल्प नभएको बताएको छ ।

मंगलबार संयुक्त राष्ट्र संघको महासभाको आपत्कालीन सत्रलाई सम्बोधन गर्दै राष्ट्र संघका लागि नेपालका राजदूत अमृत राईले कुनै पनि

सार्वभौम मुलुकको क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताका वि रु द्ध मा बल प्रयोगको वि रो ध गर्ने कुरामा अडिग रहेको जनाएका हुन् ।

‘शान्तिको बाटोमा फर्किने कुरामा कहिल्यै ढिला भन्ने कुरा हुँदैन । हामी रुस र यु क्रे न लाई वार्तामार्फत नै शान्ति स्थापनाका लागि आग्रह गर्छौँ,’ राजदूत राईले भने ।

उनले रुस र यु क्रे न लाई शान्तिपूर्ण वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान निकाल्न पनि आग्रह गरेका छन् । रुस र यु क्रे न बीच वार्ता सुरु हुनु सकारात्मक भएको पनि नेपालको उल्लेख गरेको छ ।

राजदूत राईले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको मातहतमा रहेर सबै नागरिक र उनीहरूको सम्पत्तिको रक्षा हुनुपर्नेमा पनि जोड दिए ।

त्यस्तै यु क्रे न मा रहेका नेपाली नागरिकको सुरक्षाका बारेमा नेपाल चि न्ति त रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्न पनि सबै सरोकारवालालाई राजदूत राईले आग्रह गरे ।

जर्मनीका लागि नेपालका राजदूत रामकाजी श्रेष्ठका अनुसार किभमा रहेका सबै नेपाली सुरक्षित स्थलमा पुगेका छन् । गैरआवासीय नेपाली संघका अनुसार अहिलेसम्म ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।

संघअन्तर्गतको रुस–यु क्रे न द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ जना मोल्डोभा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...