एजेन्सि –
स्याटेलाइट इमेजरी कम्पनी म्याक्सार टेक्नोलोजीका अनुसार यसअघि रुसी सैनिकको लाइन यु क्रे न तर्फ २७ किलोमिटर लामो थियो, जुन अहिले बढेर ६० किलोमिटर पुगेको जनाएको छ ।
म्याक्सरका अनुसार दक्षिणी बेलारुसमा पनि रुसी सेना र हेलिकप्टर उपस्थित छन्। यो यु क्रे नी सीमाबाट मात्र २०किलोमिटर टाढा पर्छ।
यसैबीच यु क्रे न का विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन् ।
कुलेबाले भने, ‘यु क्रे न कूटनीतिक समाधानका लागि तयार छ, तर हामी न त आत्मसमर्पण गर्छौँ न झुक्नेछौँ।’ वार्ता कहिलेसम्म चल्ने हो थाहा नभएको कुलेवाले बताए । उनले यो यु द्ध मा यु क्रे न ले जित्ने बताए ।
कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘म कूटनीतिज्ञ हुँ र वार्ताको सफलतामा म विश्वस्त छु । तर एक कूटनीतिज्ञको हैसियतमा मेरो उद्देश्य रुसमाथि
अधिकतम प्र ति ब न्ध लगाउनु पनि हो। यु क्रे न ले धेरै भन्दा धेरै ह ति या र ल्याउनु पर्छ र रुसलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लो पार्नु पर्छ। यो मेरो कूटनीतिको महत्वपूर्ण भाग हो।’
रुसले यु क्रे न मा जमिन र आकाश दुवैबाट आ क्र म ण सुरु गरेको छ । रिपोर्टसका अनुसार रुसले धेरै ठूला सहरलाई निशाना बनाएको छ ।
आ क्र म ण का कारण यु क्रे न का जनता आफ्नो ज्यान बचाउन पूर्वी युरोपका देशहरूमा भागिरहेका छन् । पश्चिमा राष्ट्रहरुले रुसमाथि
लगातार प्रतिबन्ध लगाएका छन् । सोमबार रुसको मुद्रा रुबल प्रतिबन्धका कारण अमेरिकी डलरको तुलनामा २९ प्रतिशतले घटेको छ ।
पुटिनका कारण रुसका आम जनताले सास्ती भोग्नुपरेको कुलेवाले बताए । कुलेबाले हरेक रुसी रुबलमा यु क्रे नी को रगत दलिएको बताए ।
यो पनि : यु क्रे न र रुसबीचको यु द्ध चौँथो दिनमा पुग्दा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्नो महत्वपूर्ण समर्थक तथा मानार्थ अध्यक्ष एवं
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मानार्थ पदवी खोसेको छ । आइतबार बिहान एक विज्ञप्तिमार्फत आईजेएफले यु क्रे न माथि आ क्र म ण गरेकै कारण पुटिनको पदवी खो’सेको हो ।
विज्ञप्तिमा लेखिएको छ,”यु क्रे न मा हाल जारी रहेको यु द्ध को सिलसिलामा अन्तर्राष्ट्रिय जुडो महासंघले भ्लादिमिर पुटिनलाई महासंगको मानार्थ अध्यक्ष र सदभाव दूतको पदबाट निलम्वन गर्ने निर्णय गरेको छ ।”
पुटिनले गत बिहीबार यु क्रे न माथि आ क्र म ण का लागि फौ ज लाई आदेश दिएका थिए । आइतबारसम्मको तथ्यांक अनुसार ३५२ जना यु क्रे नी
सर्वसाधारणको मृ त्यु हुनुका साथै अन्य १ हजार ६ सय ८४ जना घा इ ते भएका छन् । त्यसैगरी १ सय १६ जना घा इ ते बालबालिका मध्ये १४ जनाको मृ त्यु भएको छ ।
जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनले सन् २००४ मा ‘जुडो : इतिहास, सिद्धान्त, अभ्यास’ शीर्षकको पुस्तकको सहलेखनसमेत गरेका थिए । उनले सन् २०१२ को लन्डन ओलम्पिक्समा जुडोमा प्रतिस्पर्धा गरेका थिए ।
आईजेएफका अध्यक्ष मरिअस एल. भाइजरद्वारा हस्ताक्षरित ‘शान्तिका लागि जुडो’ शीर्षकको यही विज्ञप्तिमार्फत् आईजेएफले आगामी मे महिनामा रुसको काजानमा आयोजना हुने भनिएको ग्रयान्ड स्लाम प्रतियोगिता रद्द गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी, खेलकुद समुदाय सदैव शान्ति, मित्रता र एकता प्रवर्द्धन गर्न एकअर्का र साझा मूल्यलाई समर्थन गर्दछौँ ।
जुडो परिवारले अन्तत: वर्तमान अस्थिरताको अन्त्य हुने र पुन एकचोटि युरोपको विविध संस्कृति, इतिहास र विरासतमा अत्यन्तै सकारात्मक ढंगले लक्षित हुनसक्ने गरी पुर्वी युरोप र विश्वमा सामान्य अवस्था र स्थिरता कायम हुने आशा गर्दछ ।”
रुसको आ क्र म क नीति वि रु द्ध को आईजेएफको अडानलाई अन्य अन्तर्राष्ट्रिय खेलकुद समुदायले पनि साथ दिएको छ । पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट चरणमा रुससँगका खेल नखेल्ने घोषणा गरेका छन् ।
यसैबीच पूर्व विश्व च्याम्पियन युक्रेनी बक्सिङ खेलाडी भिताली, लादिमिर क्ल्त्स्चिको तथा भासिली लामोचेनकोले आफ्नो मुलुकको प्रतिरक्षाका लागि ह ति या र उठाउने प्रतिवद्धता जनाएका छन् ।