Advertisement

एमसीसी अनुमोदनपछि अमेरिकाको अर्को ठूलो सहयोग घोषणा, हेर्नुस् विज्ञप्ति

Advertisement

काठमाडौं –

संयुक्त राज्य अमेरिकाले नेपालको दिर्घकालीन आर्थिक समृद्धिको अभियानमा सहयोग गरिरहने बताएको छ ।

५० करोड डलरको अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि त्यसमा प्रतिक्रिया

जनाउँदै अमेरिकाले नेपालको समृद्धिको यात्रामा समर्थन जारी रहने बताएको हो । काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी

गर्दै संसदबाट सम्झौता अनुमोदन अनुमोदन गरेर नेपालले आफ्नो प्रतिबद्धता पूरा गरेको र यो निर्णयले नेपाली जनताका लागि थप रोजगारी,

विद्युतको भरपर्दो आपूर्ति र कम यातायात खर्च हुने विश्वास लिएको छ । नेपाल सरकारले २ करोड ३० लाखभन्दा बढी नेपालीलाई सहयोग गर्ने

उद्देश्यका साथ ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको

विज्ञप्तिमा स्मरण गराइएको छ । अब नेपाल सरकारले पञ्चवर्षीय कार्यक्रम कार्यान्वयनमा निरन्तर काम गर्न सक्ने अमेरिकी भनाइ छ ।

नेपाल-अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको स्मरण गर्दै अमेरिकाले भनेको छ, ‘यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ ।

यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौं । विकास सहायता, विप’द् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थप सहयोग गरेका छौं ।’

नेपालसँगको आफ्नो सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको उल्लेख गर्दै दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘हामी देश र यसको लोकतान्त्रिक मूल्यमान्यता र दीर्घकालीन आर्थिक समृद्धिमा सहयोग गरिरहनेछौँ ।’

एमसीसीले स्थापनाको २० वर्षमा आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकहरूमा लगानी र सुशासन, लोकतान्त्रिक सिद्धान्तहरू प्रवर्द्धन गर्ने र भ्र’ष्टाचा’रविरु’द्ध

ल’ड्नलगायत विषयमा विकासशील देशहरूसँग साझेदारी गरी विश्वभर गरिबी निवारण गर्न मद्दत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...