एमसीसी वि रु द्ध को प्रदर्शन नियन्त्रण बाहिर, कांग्रेस माओवादी र एमालेको कार्यालय ब’न्दकर्ताले ज’ला’ए

सुर्खेत – 

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिएको वि’रो’धमा भएको प्रदर्शनले वीरेन्द्रनगर त’ना’वग्र’स्त बनेको छ।

प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार साँझबाट वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शनकारीले

जिल्लास्थित राजनीतिक दलका कार्यालय र प्रहरी बिटहरुमा तो’ड’फो’ड र आ’ग’ज’नी गर्न थालेपछि क’फ्र्यु लगाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको एमसीसीको विरोधमा गरेको ब’न्दका क्रममा सोमबार दिनभर वीरेन्द्रनगर त’ना’वग्र’स्त बन्यो।

दिनभर प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झ’ड’प भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

तर सोमबार साँझबाट प्रदर्शन थप च’र्किए’को थियो। प्रदर्शनकारीले नेपाली काँग्रेस, एमाले र माओवादीका जिल्ला कार्यालयहरुमा तो’ड’फो’ड गरेका छन्।

दलका पार्टी कार्यालयहरुमा आगजनीको प्रयास पनि भएको छ। यद्यपि सुरक्षाकर्मीले आगजनी नियन्त्रणमा लिएका छन्।प्रदर्शनकारीले मंगलगढीमा रहेको प्रहरी बिट जलाएका छन्।

दलका कार्यालयमा आगजनी तथा तो’ड’फो’ड हुन थालेपछि स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजे सम्मका लागि क’र्फ्यू आदेश जारी गरेको हो।

प्रदर्शन नियन्त्रण बाहिर गएको र तो’ड’फो’ड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले क’र्फ्यू लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा लाटीकोइलीको शिव मन्दिर क्षेत्रसम्म कर्फ्यू लगाएको छ।

सोमबार बिहानबाट नै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरका सडकमा प्रदर्शनकारीले ना’राबा’जी सुरु गरेका थिए। साथै उनीहरुले सडकमा टायर बालेर वि’रो’ध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका पार्टी कार्यालयहरुमा तो’ड’फो’ड र आग’ज’नी गर्न थालेपछि सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए।

बन्दकर्ता दलहरुले नै प्रदर्शनकारीलाई सम्हाल्न नसकेपछि भीड नियन्त्रण बाहिर गएको हो।भीड तो’डफो’ड र आगजनीमा उत्रिएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन नसक्ने अवस्था आएको हो।

नेतृत्वविहीन बनेको भीड र प्रदर्शन उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले क’फ्र्यू लगाउनु परेको जनाएको छ।

यसैबीच वीरेन्द्रनगरबाट दर्जनभन्दा बढी प्रदर्शनकारी प’क्रा’उ परेका छन्। तोडफोड र आगजनीमा संलग्न उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा बालबालिका र अधिकांश ३० वर्षमुनिका युवायुवतीहरु पनि सहभागी छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...