एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको गाडीमा ढुंगा प्र’हार

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्र’हार भएको छ । संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुंगा प्र’हार भएकाे हाे ।

प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर लक्षित गरी प्रहार भएकाे ढुंगा भने गाडीमा लागेन् ।

यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई संसदमा बोल्न नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले एमसीसीको विषयमा सरकारले

आफूहरूलाई बोल्ने अवसर नदिएको भन्दै कडा आ’पत्ति जनाएका छन् । अहिलेको सरकारले आफ्नो पार्टीलाई संसदीय प्रक्रियाबाटै विमुख गराएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताएका छन् ।

एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । हरेक संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्ने गरेका छन् ।त्यहीमात्रै होइन अध्यक्ष ओलीले सरकारले

एमसीसी संसदमा पास गर्नको लागि नभएर सडकमा आगो बाल्नका लागि ल्याएको बताए । संसद बैठक सकिनै लाग्दा संसद भवन पुगेका ओलीले आफ्ना पार्टी निकट सांसदसँगको आन्तरिक छलफलमा यस्तो बताएका हुन् ।

उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिन्छ । संसदीय प्रक्रियामा भाग लियौं भने यस विषयमा स्ट्याण्ड लिन्छौं ।’

यो पनि : नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आप’त्ति जनाएको छ ।

एमालेले संसदमा अवरो’ध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए । उनले राष्ट्र हितविप’रीत टेबल गर्नु आप’त्तिजनक रहेको उल्लेख गरेका थिए ।

एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आप’त्ति जनाएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले त्यसमा आपत्ति जनाएका छौं । सभामुखको ध्यानाकर्षण गराएका छौं । एमालेको तर्फबाट

निर्वाचित सांसदलाई दलीय सहमति नभइकन दलीय सहमति बेगर तपाईले बोल्न दिने कुरा दलीय व्यवस्था छ । यसविरु’द्ध नउत्रिनुस भनेका छौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...