मानपुरमा एक करोड बढी लागतको बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकी भवनको शिलान्यास

कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ७ मानपुर स्थित सेखुनिया तालको किनारमा १ करोड १६ लाख बढी लागतको बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन । सो अवसरमा महामन्त्री आचार्यले मानपुरमा निर्माण हुने बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकीले बुद्धभुमी र महाराजगंज नगरपालिकाका केही वडाका बासीन्दा लाभांवित हुने बताए । उनले स्वास्थय क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको विकासकालागि सरकारको थप लागनी आवश्यक रहेको भन्दै आफुले पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा बजेट बिनियोज गर्न प्रदेश र संघीय सरकरमा पहल गर्ने बताए । कार्यक्रममा मेयर श्रैष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतमा राखेको बताए । उनले पालिकामा रहेको सबै १० वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताए । उनले अहिले सम्म ५ वटा वडामा बर्थिङ सेन्टर निर्माण भईसकेको र यही आर्थिक बर्ष भित्र मानपुरमा बर्थिङ सेन्टर संचालन हुने बताए । नगरपालिकाकी ईन्जीनीयर निकित त्रिपाठीले १ करोड १६ लाखको लागतमा काठमाण्डौको गोरखनाथ मर्चेन्डाईजर निर्माण कम्पनीले भवन निर्माणको जिम्मा पाएको बताईन । दुई तले भवनमा तल्लो तल्लामा स्वास्थ्य जाच र बर्थिङ सेन्टर तथा माथिल्लो तल्लामा कर्मचरी निवास रहेका छन । गत मंसिरमा संझौता भएको ठेक्कोका निर्माण अवधि २०७९ असार २० गते सम्म रहेको त्रिपाठीले बताईन । स्थानीय समाजसेबी रामेन्द्र प्रताप सिंहले बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकी भवन निर्माण भए पछि यो वडा सहीत २ दर्जन बढी गाउका बासीन्दालाई स्वास्थ्य उपचारमा सहजता हुने बताए । मानपुरमा स्वास्थ्य चौकी भवन भए पनि पुरानो र जीर्ण अवस्थामा रहेको छ । त्यसैले नगरपालिका र वडाको सल्लाह अुनुसार नया ठाउमा साढे ४ कठ्ठा क्षेत्रफलमा भवन निर्माण सूरु गरिएको हो । नेपाल सरकारको बिशेष अनुदान अन्र्गत नगरपालिकामा भवन निर्माणकालागि १ करोड ३७ लाख रुपैया बजेट बिनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केवरराज सुबेदीले बताए । सो रकममा नगरपालिकाले थपेर १ करोड ९१ लाख पुरयाईको थियो । मेयर श्रैष्ठको अध्यक्षता, राजन कुमार पोख्रेलको संचालनमा भएको कार्यक्रममा कांग्रेस कपिलवस्तुका अध्यक्ष अब्दुल कलाम, सचवि प्रेम बहादुर रायमाझी पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लागतयको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...