Advertisement

बिहीबारकाे संसद् बैठककाे कार्यसूचीमा एमसीसी राखियाे, छलफल हुने

Advertisement

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल हुने भएको ।संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ ।

संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनादैन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

‘अर्थ मन्त्री जनार्दश शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।’ संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...