नेपालका दुईजना महत्वपुर्ण ब्यक्तिको अल्पायुमै नि ध न

काठमाडौं – 

मोटरसाइकल दु र्घ ट ना मा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा घा इ ते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको नि ध न भएको हो।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा नि ध न भएको पारिवारिक स्रोतले जनाएको छ। नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की

सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ गते ठक्कर दिएको थियो। रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको

कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

ग म्भी र घा इ ते भएका उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। कार्की सुर्खेतका निर्वाचित वडाअध्यक्षहरुमध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष थिए।

यस्तै, रिद्धिसिद्धि सिमेन्टकम सञ्चालक राजेश खरेलको नि ध न भएको छ । खरेलको गत फागुन ५ गते ४५ बर्षको उमेरमा नि ध न भएको हो ।

खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका थिए ।

दीर्घकालीन सोच बोकेका सफल युवा उद्यमी तथा रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको नि धन ले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै क्ष ति पुगेको कम्पनीले बताएको छ ।

विसं २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धिसिद्धि सिमेन्ट, शंकर ग्रुप र अम्बे ग्रुपको भेन्चर हो । सिमेन्ट उत्पादन प्लान्टका लागि

अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शीता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ ।

यही भिजनलाई आत्मसात् गर्दै दृढताका साथ अघि बढिरहेका उनको अभाव कम्पनीका लागि मात्र नभई समग्र सिमेन्ट उद्योगले नै महसुस गरिरहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...