काठमाडौं –
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरिसन एमसीसी खा’रे’जीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निवेदन पुगेको छ ।
समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यलयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो । एमसीसी सम्झौत इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधी’न बनाएजस्तै हुने जिकिर गरिएको छ ।
एमसीसीले नेपाललाई अनिश्चकालसम्म पराधिन बनाउन सक्ने ख’त’रा रहेहो निवेदनमा उल्लेख छ । एमसीसी किन स्वीकार गर्न हुन्न भन्ने बिषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सहमतिसँगै एमसीसी परियोजना संसदबाट व्याख्यात्मक टिप्पणीसहित पास हुने भएको छ ।
‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको दलका काँग्रेस नेताहरुले बताएका छन् ।
यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ दलकै केही नेताहरु पछिल्लो समय ‘व्याख्यात्मक घोषणा’
सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेका थिए ।
‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्,
‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र रु भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’
यस्तै संसदबाट एमसीसी व्याख्यात्म टिप्पणीसहित पारित गर्ने सत्ता गठबन्धनमा सहमति जुटेसँगै माओवादी केन्द्रको वि’वाद सतहमा आएको छ ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्ने कुरा आफूहरुलाई मान्य नहुने भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले वि’द्रो’हको घोषणा समेत गरेका छन् ।
सत्ता गठबन्धनको बैठक सकिएलगत्तै एक ट्वीट गर्दै उनले यो निर्णयप्रति आफ्नो गम्भीर असहमति र आप’त्ति रहेको बताएका छन् ।
उनले अध्यक्ष प्रचण्ड वि’रु’द्ध जुनसुकै समयमा जस्तोजसकै वि’द्रो’ह गर्ने तयारीसमेत अघि बढाएका स्रोतले दाबी गरेको छ ।
आइतबार बिहानको पार्टीको छलफलमा आफू लगायत केही नेताहरुले मतभे’द राखेको भन्दै उनले प्रचण्डको यो कदम महाधिवेशनको वि’रु’द्धमा रहेको र ग’ल’त भएको बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु ग’म्भी’र आप’त्तिको विषय भएको बताएका छन् ।
एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको ग’म्भि’र प्र’ति’वा’द गरेका हुन् ।
बैठकपछि पोखरेलले भने, ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा मैले प्र’ति’वा’द गरे ।’ व्याख्यात्मक टिप्पणीको कुनै अर्थ
नभएको भन्दै उनले यसले देश र जनतालाई हित नगर्ने समेत बताए । ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन । यसले देशलाई नोक्सान मात्रै हुन्छ’, पोखरेलको भनाइ छ ।
एमसीसीको वि’रो’ध’मा कार्यकर्तालाई सडकमा उतारेको माओवादी केन्द्रले अहिले फेरि व्याख्यात्मक विश्लेषण सहित एमसीसी पास गर्ने निर्णय गरेसँगै अस’न्तु’ष्ट नेताहरुले पार्टी प’रि’त्या’ग गर्ने तयारी गरेको बुझिएको छ ।
व्याख्यात्मक टिप्पणी सहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले असहमति जनाएका छन् ।