व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णयपछि, अमेरिकाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं –

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

यो पनि – ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ ।

यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन  ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन

गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए । 

‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्,

‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र ? भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’

यो पनि – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट

अनुमोदन गर्ने निर्णयप्रति ग’म्भि’र असहमति जनाएका छन् । नेता श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सो निर्णयप्रति असहमति जनाएका हुन् । 

यसअघि एमसीसीको वि’रोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । 

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आ’पत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो । 

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन तो’ड्ने बताएपछि माओवादीको आजको बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । 

‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभे’द राखि सकेका छौं । यो महाधिवेशनको बिरु’द्ध छ  र ग’ल’त छ,’ श्रेष्ठले भनेका छन् । 

यो पनि – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन् । 

‘हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन’,

उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  उनले केन्द्रीय समितिले गर्ने निर्णयबाहेक अरु वैधानिक हुन नसक्ने पनि बताएका छन् ।

‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ ।

एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दी’र्घकालीन अ’स’र पार्ने ग’म्भी’र बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस,

एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, न्यौपानेले भनेका छन्, ‘माओवादी राष्ट्रघात गर्ने पार्टी होइन । माओवादी एकाध व्यक्तिको निजी क्लब होइन ।’ न्यौपानेले एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...