काठमाडौ –
मौसन पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती‚ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा असिना र पानी पर्ने सम्भावना रहेको छ।
शनिवार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, बागमती‚ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित असिना र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
यस्तै‚ देशको उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति देशका अधिकांश प्रदेशमा मौसम बदली रही
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी‚ कर्णाली र
सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबारसम्म नै देशका विभिन्न स्थानमा चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status) सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ।
२०७८ फागुन १४ गते (शनिबार) दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ ।
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ ग’र्जन/चट्याङ्ग/असिना
सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ।
सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/च’ट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १५ गते (आईतबार) दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ।
देशका पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्ज’न/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १६ गते (सोमबार) दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भाग एक वा दुई स्थानमा मेघ गर्ज’न/च’ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी,
प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना
रहेको र देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।




















