पल शाह प्र क र ण : पी डि त नाबालिगको पक्षबाट अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने

काठमाडौं –

अभिनेता पल शाह वि रु द्ध क र णी को जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् ।

अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पी डि त बालिकाको पक्षमा कानुनी ल डा ईँ मा सहयोग गर्ने जानकारी दिएकी हुन् ।अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा

बोल्नुअघि विचार गर्न आग्रह गर्दै पी डि त बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या समेत गरेकी छन् ।  

उनले पी डि त बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन् । रायभरको नागरिकताका दु’रु’पयोग हुँदा उनीमाथि २८ करोड राजस्व नतिरेको आ’रो’प लागेको थियो ।

उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन् । म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता पलविक्रम शाहले पीडित बालिकामाथि पटक–पटक

क र णी को प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा क र णी गरेको कसुरमा शाह वि रु द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता समेत भएको छ ।  पी डि त नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता गराएका हुन् ।

उनले लेखेकी छन् : हिजो  एक १७ वर्षिया यौ न ज न्य हिं सा बाट पी डि त सँग कुरा भयो । निज पी डि त महिलाले उनको पक्षमा कानुनी ल डा इमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भने ।

१८ वर्षमुनिका बालबालिका  र १८ वर्ष कटेका बालिग मानिसका बीचमा कानुनमा ठुलो अन्तर छ । हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन्, उनीहरू समाजका छोराछोरी हुन् ।

बालिकामाथिको ब ला त्का र भनेको सभ्य समाजको निम्ति लज्जाको विषय हो । बालिकालाई समाजका दानवरूपी पुरुषबाट जोगाउन दिन दिनै  जटिल बन्दै गएको छ ।

१८ वर्ष मुनिका पीडित बालिकाको सहमतिमा पनि क र णी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैले  हेक्का राखौँ । कानुनले वर्जित गरेका क्रियाकलाप गर्ने छुट केही हाई प्रोफाइल वा ग्ल्यामर फिगरलाई छैन ।

कानुनको रक्षा गर्नु हाम्रो धर्म हो। एउटा घटनालाई लिएर समाज ध्रुवीकरण भएको छ ( सहमतिमा शारीरिक सम्बन्ध भयो अनि अहिले केही मानिसको उक्साहटमा निज पिडकलाई ष’डय’न्त्र गरियो ) कानुनको विषय त्यस्तो होइन ।

घटना र यो विषयलाई यसरी बुझ्नु जरुरी छ ….। पल मलाई पनि सबैभन्दा मन पर्ने सेलिब्रेटी हुन् । यिनले यस्तो नगर्नुपर्ने । किन यस्तो गरे भन्ने प्रश्न मेरो मनमा पनि धेरै पटक आएकै हो ।

तर कानुनको अनभिज्ञता कसैलाई क्षम्य हुँदैन । अझ रियल हिरोको उपनाम पाएका व्यक्तिलाई छुट दिनेगरि बहस चलाउनु हुँदैन । कानुनका नजरमा सबै समान हुन्छन् ।  सबैलाई एउटै कानुन लागु हुने हो । 

पल-एक १७ वर्षिया या बालिकाको का ण्डमा बोल्नु अघि विचार गरौँ

१. “मैले कानुन थाहा पाइन भन्न पाइँदैन” यो सिद्धान्त हो ।

२. नाबा’लिगसँग सहमतिमा सम्बन्ध भएको हो भन्ने हुँदैन किनकि १८ वर्ष मुनिको बालिकासँग सहमतिमा पनि क र णी गर्न मिल्दैन ।

३. नाबा’लिगले के कुरामा सहमति गर्ने के मा नगर्ने भन्नेगरि बुझ्ने मानसिक विकास नभएकाले उनले सहमति गरिन” भनेर व्याख्या गर्न मिल्दैन । 

४ . जो जो व्यक्तिहरूले उक्साए, ष’ड्य’न्त्र  गरे भन्ने आएको छ, तिनलाई पनि मति’यारमा मु द्दा चल्न सक्छ । 

५ बालिका ब ला त्का रको घटनालाई मिलाउन खोज्ने , विषयान्तर गर्ने पीडकको पक्षमा पी’डितको विपक्षमा सार्वजनिक टिकाटिप्पणी गर्नेलाई कानुनी का र बा ही को दायरामा ल्याउन सकिन्छ । 

यदि पल र पीडित बालिकाबीचमा सहमतिमै शा’रीरिक सम्ब’न्ध भएकै हो भने यो ब ला त्का र हो । सबैले संयमता अपनाऔँ । घटनाको स्वतन्त्र अनुसन्धानमा सहयोग गरौँ ।

अर्को निर्मला पन्त हुनबाट पी डि त महिला जोगिएकी छन् । अझै पनि पीडित १७ वर्षीया किशोरीलाई जहाँ भेट्यो त्यही मार्ने  वा आ त्म ह त्या गर्ने बाध्य पार्ने,  प्रमाण नष्ट गर्ने, धा कधम्की र प्रलोभनमा पारेर विषयान्तर गर्ने कोसिस हुँदैछ ।

न्याय अन्याय कसमाथि  भयो यो अदालतले निर्क्योल गर्ने विषय हो । अनुसन्धानमा सहयोग गरौँ । १८ वर्षमुनिका बालिकामाथिको ब ला त्का र गर्ने कुरो कुरुप  समाजको नमुना हो ।

पल शाह प्रहरी सम्पर्कमा नजानु,  प्रमाण नष्ट गर्न सक्रिय हुनु , उनका साथीहरू एकपछि अर्को मिडियामा टिप्पणी गर्नु भन्दा प्रहरीमा गई आफ्नो कुरा राख्ने र अनुसन्धानलाई सहयोग गर्नु राम्रो  होला ।

बालिका माथिको ब ला त्का र तथा सबै  प्रकारका हिं सा तत्काल बन्द गरौँ । पी डि त १७ वर्षीया युवती हामी धेरै कानुन व्यवसायीहरु तिम्रो पक्षमा निःशुल्क बहस गर्न र कानुनी सेवा दिन तयार छौ

तिमीले आफू माथिको हिं सा लाई लुकाउने होइन उजागर गर्ने प्रयास गरेउ सलाम छ तिम्रो हिम्मतलाई तिम्रो कानुनी ल डा इ ले समाजमा बालिका ब ला त्का र को घटना न्यूनीकरण गर्न सहयोग गर्ला भन्ने आशा गरेका छौ ।

रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...