माओवादी मन्त्रीहरूको अनौठो प्रस्ताव : एमसीसी……

काठमाडौँ –

नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सत्ता गठबन्धन जोगाउनका लागि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेर एमसीसी अघि बढाउन कांग्रेसलाई बाटो खोलिदिने प्रस्ताव अघि सारेका छन् ।

माओवादीको केन्द्रीय कार्यालयको बैठकमा मन्त्रीहरूले सहमतिसाथ अघि बढ्नका लागि यो विकल्प उपयुक्त हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको एक नेताले बताए ।

तर एमसीसी पास गर्ने खालको यस्तो प्रस्ताव माओवादीले मान्न नहुने भन्दै नेता नारायणकाजी श्रेष्ठ पक्षले आपत्ति जनाएका छन् ।यही कारण माओवादीले औपचारिक निर्णय भने गरिसकेको छैन ।

प्रतिनिधिसभाको बैठकमा माओवादी, नेकपा एस, नेमकिपा, राष्ट्रिय जनमोर्चा अनुपस्थित हुँदा र एमालेको अवरोध जारी रहँदा कांग्रेसको मात्र ध्वनि

मतको आधारमा एमसीसी पास हुने अवस्था बन्छ । यही अवस्थामा गठबन्धन पनि जोगिने र एमसीसी पास हुने भएकाले माओवादी मन्त्रीहरूले यो विकल्प अघि सारेका हुन् ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन पनि जोगिने गरी एमसीसी पास गर्ने

विकल्पहरूमाथि छलफल गर्न तयार रहेको सन्देश पठाइसकेका छन् । देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग

समेत छलफल गरेका छन् । माओवादीको प्रस्तावबमोजिम देउवाले गठबन्धन नटुट्ने गरी एमसीसी पास गर्ने विकल्पहरूबारे पार्टीमा छलफल थालेका छन् ।

शुक्रबार बिहान बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउनका लागि अधिकतम लचकता प्रदर्शन गर्ने निष्कर्ष निकालेको हो ।

एमसीसी पास नहुने अवस्थामा गठबन्धन पनि नजोगिने र एमाले फेरि हाबी हुने माओवादीको बुझाइ छ । त्यसैले चुनावका लागि भावी

गठबन्धन पनि गर्न सकिने सम्भावना रहेकाले संसद्‍मा अनुपस्थित रहेर गठबन्धनको सम्भावनालाई माओवादीले जीवित राख्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...