एजेन्सी –
यु क्रे न मा रुसी सेनाले ह म ला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।
बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिं सा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ ।
भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभे’दलाई इमान्दारिता पूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो ।
त्यस्तै यु क्रे न मा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेषगरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चि न्ता व्यक्त गरेको पनि समाचारमा उल्लेख छ ।
इरानका राष्ट्रपति इब्राहिम रइसीले समेत पुटिनलाई फोन गरेका छन् । पुटिनसँगको छलफलमा रइसीले पूर्वतर्फ नेटो फौ ज को विस्तार हुँदा कैयौं क्षेत्र र मुलुकको सुरक्षा जो खि म मा परेको बताएका थिए ।
फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा जारी सैन्य का र बा ही तत्काल अन्त्य गर्न आग्रह गरेको सीजीटीएनले जनाएको छ ।
सैन्य का र बा ही जारी पुटिन वि रु द्ध व्यापक प्र ति ब न्ध लगाइने समेत बताएक थिए । यस्तै यु क्रे न का विभिन्न स्थानमा बिहीबारदेखि लगातार सैन्य का र बा ही गरेपछि सर्वत्र
आ लो चि त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका छन् । त्यसका लागि उनले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग कुराकानी गरिरहेका छन् ।
पुटिनले यु्क्रे न मामिलामा इरानका राष्ट्रपति सय्यद इब्राहिम रैसीसँग पनि कुराकानी गरेका छन् । पुटिनले डोनबासका बासिन्दाको सुरक्षाका लागि ‘विशेष सैन्य का र बा ही’ थालिएको बताएका छन् ।
बिहीबार नै पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । मस्को भ्रमणमा रहेका खानसँग पुटिनले पछिल्लो क्षेत्रीय विषय र दक्षिण
एसियाली राजनीतिका बारेमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै पुटिनले टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग पनि टेलिफोन कुराकानी गरेका छन् ।
रुसी सेनाको आ क्र म ण बाट हालसम्म १ सय ३७ यु क्रे नी को मृ त्यु भएको यु क्रे न का राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यु क्रे नी सैनिक अड्डामा मात्र आ क्र म ण गर्ने दा बी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृ त्यु भएको दा बी गरेका हुन् ।