काठमाडौं –
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् ।
जन्मदिनको अवसरमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण समारोहलाई भक्तपुर गठ्ठाघरमा सम्बोधन गर्दै ओलीले अबको बाँकी जीवन देश र जनताप्रति समर्पीत गर्ने बताएका हुन् ।
उनले भने, ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु । बुवा त अझै तन्नेरी जस्तै हुनुहुन्छ भने म त झन् बुढो हुने कुरै भएन ।’ एमालेले जनताको स्नेह र आशीर्वाद पाएको र जनताको शुभकामना र आशिर्वाद सबैभन्दा ठूलो कुरा रहेको उनको भनाइ छ ।
ओलीले राष्ट्र निर्माणमा सबैभन्दा ठूलो सहयोग जनताको रहेको भन्दै आफू बिरामी पर्दा जनताले मठमन्दिरमा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गरेको स्मरण गरे । देश, जनता राष्ट्र र राष्ट्रियता विरु’द्ध कुनै काम नगर्ने उनले प्रतिबद्धता जनाए ।
यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताएका छन् । ‘एमाले फेरि आउँछ किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो,
जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो, त्यसैले यसले जनताको स्नेह प्राप्त गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ ।’
ओलीको जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूलाई फाँ सी को माग गर्दै जे ल स जा य हुँदासमेत जनताको माया र सहयोग पाएर जे ल मुक्त भएको र
अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताए । ‘मैले जनताबाट असाधारण सहयोग पाएको छु, म त फाँ सी दिन माग गरिएको मान्छे,
जनताको माया र सहयोगले जे ल मुक्त भएँ, बि रा मी पर्दा जनताको शुभेच्छा र प्रार्थनाले निको भएँ, र अब जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु,’
उनले भने, ‘जनता भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । एकछिन जालझेलबाट एकपटक ल डा ए भने पनि जीवन त सकिँदैन ।’
उनले एमालेले यु द्व नहा’रेको दाबी गरे । ‘एमालेले एउटा मोर्चामा हा’रेको हुनसक्छ, तर त्यत्तिले यु द्ध को हार हुँदैन । हामीले समग्र यु द्ध हा’रेका छैनौं । एउटा मोर्चा हारेका हौं । त्यसैले हामी आउँछौं,’ उनले भने ।
उनले राजनीतिमा जनताको शुभकामना र शुभेच्छा नै महत्वपूर्ण भएको अनुभव सुनाए । ‘म बि’रा’मी हुँदा मठमन्दिर र गुम्बाहरूमा प्रार्थना गरिए, भाकल गरिए,
सबैले आफ्नो आस्थाअनुसार शुभकामना र शुभेच्छा प्रकट गर्नुभयो, जनताको शुभकामना जति ठूलो अरु कुरा राजनीतिमा चाँहि केही पनि हुँदैन रहेछ ।
जब जनताको शुभकामना हुन्छ, त्यहाँ साथ हुन्छ, सहयोग हुन्छ,’ उनले भने, ‘त्यसैले आज भने गाडीमा कहानेर ब्रेक लगाउने ? कहाँनेर गेयर चेन्ज गर्ने भन्ने निर्णय गर्ने ठाउँमा छु ।’
उनले आफू दुर्गम गाउँमा जन्मिएको, धुले स्कुल पढेर गाउँमा हुर्किएको जनताको छोरो भएको सुनाए । ‘म एउटा पछाडि परेको दुर्गम गाउँमा जन्मिएको मान्छे,
गाउँको धुले स्कुलमा पढेर हुर्किएको, गाईभैंसी चराउँदै हुर्किएको, आफैं भात पकाउँदै लुगा धुँदै आफैले आफ्नो काम गरेर जानेर आएको मान्छे म,’ ओलीले अघि भने,
‘मेरा ग्रहद’शा पनि ठीकै होलान् । हुन त त्यो ज्योतिषीले हेर्ने कुरा हो । जनता सबै एकातिर लागेपछि ज्योतिषीले नि राम्रै भन्लान् भन्ने लाग्छ ।
सबैभन्दा मुख्य कुरा जनताको आशीर्वाद हो, अहिले मलाई त्यो प्राप्त छ ।’अध्यक्ष ओली बुधबारदेखि ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् ।