अभिनेता पल शाह वि रु द्ध समिक्षाले दिइन् जाहेरी दर्ता, के छ स जा य को व्यवस्था ?

काठमाडौँ –

१८ वर्षमुनिकी गायिकासँग यौ न सम्बन्ध राखेको आ रो प लागेका अभिनेता पल शाह वि रु द्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा क र णी सम्बन्धी क सु र मा मु द्दा दायर भएको छ ।

पल शाहबाट आफू पी डि त भएको भन्दै ती गायिकाले उ जु री दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजु’री दर्ता गरिएको हो । 

पल शाह वि रु द्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता (डिएसपी) युवराज खड्काले बताए । उनले भने–‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ ।’

मुलुकी अ प रा ध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौ न सम्बन्ध राखे पनि त्यसलाई ज ब र ज स्ती क र णी मानिन्छ ।

१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जे ल स जा य हुन सक्ने मु लु की अ प रा ध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी का र वा ही को माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा

उपस्थित भएर शाह वि रु द्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु

नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ । गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् ।

यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले

उनलाई पलसँग भिडियो खिचाएर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए ।

तर, मंगलबारदेखि ती गायिका कानुनी प्रक्रियामा जान तयार भइन् । उनी मंगलबार नै काठमाडौँबाट तनहुँतर्फ लागेकी थिइन् ।

तर, मंगलबार साँझ तनहुँ जिप्रकाले बुबाको पनि हस्ताक्षर चाहिन्छ भनेपछि  बुधबार मात्रै जाहेरी दर्ता भएको हो । प्राप्त जानकारी अनुसार

म्युजिक भिडियोको क्षेत्रमा कलिला उमेरका किशोरीहरूमाथि यौ न शो ष ण गर्ने एउटा गिरोह नै सक्रिय छ । त्यस्तो गिरोहलाई केही पत्रकारले समेत साथ दिइरहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...