काठमाडौं –
लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहान नि ध न भएको छ । लामाको आज बिहान नि ध न भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।
बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृ त अवस्थामा फेला परेका थिए ।
उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरमा
सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए ।
बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृ त भेटेको डीएसपी पाण्डेले बताएका छन् । डीएसपी पाण्डेका अनुसार खुट्टा गाडीमा शरीर घोप्टो परी टाउको भुईंमा जोतिएको अवस्थामा लामा मृ त भेटिएका थिए ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पो’स्टमार्टमका लागि श’व लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
उनले ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।
अहिले पो’स्टमार्टमका लागि भक्तपुर लैजान लागिएको थापाले जानकारी दिए ।
लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।
लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।
२०२७ सालबाट लोकगीत गाउन शुरू गरेका उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ।
यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।
उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो।
यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले। सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे उनी।
फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा।
नेपाली सांगितक जगतले एक होनाहार व्यक्ति गुमाएपछि गायक शिव परियारले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।
REST IN PEACE …नेपालि लोक संगीतका एक अग्रणि दिग्गज कलाकार प्रीय आदरणिय जयनन्द लामा दाई अब भौतिक रुपमा हामि माँझ रहनु भएन |
वस्तममै नेपाली संगीतको लागि यो अत्यन्तै दु’खदायि खबर हो ,नेपालि लोक संगीतको अपुरणिय क्ष’ति हो आदरणिय दाईको आत्माको बैकुण्ठ वास होस यहि प्रार्थना गर्दछु | हार्दिक श्रद्दान्जलि अर्पण गर्दछु |

यस्तै कालि प्रसाद बास्कोटाले पनि सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै यस्तो लेखिएको छ ।
प्रिय जयनन्द लामा दाजु ! नि:शब्द छु ।जस्तो चाहनुभयो ,तेस्तै बाँच्नुभयो ।नेपाली लोकले सदा गौरव गर्ने छ । बैकुण्ठ बास होस ।
