दक्षिण कोरिया –
दक्षिण कोरियाको तथ्यांक विभागले कोरियामा काम गर्ने कामदारले औसतमा मासिक तीन लाख २० हजार नेपाली रुपैयाँ कमाउने गरेको उल्लेख गरेको छ ।
विभागले सोमबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा कार्यरत कामदारले औसत ३ लाख २० हजार रुपैयाँ कमाउने गरेको बताएको छ ।
कोरियामा हाल दुई करोड ६९ लाख मानिस विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । कोरियाली राष्ट्रपति मुन जे ईनको कार्यकालको सुरुका दुई वर्ष कोरियामा कामदारको तलबमा उल्लेखनीय वृद्धि भएको थियो ।
सन् २०१७ मा १ लाख २६ हजार न्यूनतम तलब रहेकोमा सन् २०१८ मा एकै पटक तलब वृद्धि गरेर १ लाख ८० हजार पुर्याइएको थियो ।
विदेशी कामदारको तलब सन् २०२२ सम्म प्रतिघन्टा मान वन अर्थात् १ हजार रुपैयाँ बनाउने उनको चुनावी वाचा भने को’रो’ना म’हामा’री र उद्योगीको वि’रोधका कारण पूरा हुन सकेन ।
सन् २०१६ मा कामदारको औसत तलब दुई लाख ७० हजार रुपैयाँ मात्रै रहेको थियो । एक चौथाईभन्दा बढी २७.९ प्रतिशत कामदारले एक लाख ५० हजारदेखि दुई लाख ५० हजारसम्म कमाउने देखाएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरियामा आएका विदेशी कामदार पनि यही समूहमा पर्छन् । त्यस्तै १७.१ प्रतिशत कामदारले दुई लाख ५० हजारदेखि तीन लाख ५० हजार रुपैयाँसम्म कमाउँछन् ।
थोरै कमाउनेहरूको संख्या पनि उल्लेखनीय रुपमा धेरै छन् । नियमित रुपमा काम नगर्ने वर्गका कामदार यो समूहमा परेका छन् । मासिक ८५ हजारभन्दा कम कमाउनेको १३.९ प्रतिशत छन् ।
त्यस्तै १ लाख ५० हजारभन्दा कम कमाउनेको संख्या १०.२ प्रतिशत रहेको छ । नेपालबाट कोरियामा अध्ययनका लागि आएका विद्यार्थीहरूको कमाइ पनि यही समूहमा पर्छ ।
मासिक १० लाख रुपैयाँ कमाउने कामदारको संख्या २.६ प्रतिशत छ भने ६ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउने कामदारको संख्या ७.२ प्रतिशत रहेको छ ।
कोरियाली ठूला कम्पनीहरूले राम्रो तलब दिने गरेको पनि तथ्यांक विभागले जनाएको छ । औसतमा ठूला कम्पनीले ५ लाख ३० हजार रुपैयाँ दिने गरेको र साना तथा मझौला खाले उद्योगले २ लाख ६० हजार रुपैयाँ दिने गरेको देखिएको छ ।
नेपालीहरूले काम गर्ने कृषि तथा पशुपालन क्षेत्रका कामदारको औसत तलब एक लाख ६३ हजार रुपैयाँ मात्रै भएको देखिन्छ । औसतमा महिला र
पुरुषको तलब एक लाख २४ रुपैयाँभन्दा बढी छ । पुरुषले औसत तीन लाख ७१ हजार कमाउँछन् भने महिलाले २ लाख ४७ हजार मात्रै कमाउने गरेको देखिन्छ ।
अहिले न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० (१ लाख ९० हजार नेपाली रुपैयाँ) वन प्राप्त भए पनि ओभर टाइम र सार्वजनिक बिदाको
समयमा काम गर्दा अतिरिक्त भत्ता पाउने गरेका छन् । यहाँका विदेशी कामदारले पनि कोरियाली कामदारले पाउनेसरह सेवा सुविधा पाउने गर्छन् ।