काठमाडौं –
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेताव’नी दिएको छ ।
केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खो’जबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण
पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेताव’नी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ,
मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।
यो पनि : निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रु’टी भए इमेल/ फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ ।
निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रु’टी भएको भए सोलाई
सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।
आयोगले फागुन ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल/फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।