यस्तो योग्दान गरेको भन्दै ओलीले पाए एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो पदक !

काठमाडौं –  

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो पदक ‘मेधावी योगदान’, प्राप्त गरेका छन् ।

सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत बालबालिका

तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । 

ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली भएको यस बर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको बताइएको छ । ओली प्रधानमन्त्री हुँदा

उनले नेपाल स्काउट र यसका गतिविधिलाई बिशेष चासोको रुपमा लिई, स्काउट अभियानलाई देशैभर विस्तार गर्न नीतिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न

स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम नै शुरुवात गरेका थिए । पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा बिस्तार भएको छ

भने देशका सबै विद्यालयमा स्काउट इकाइ सञ्चालन गर्ने कार्य धमाधम भइरहेको छ । यही उपलब्धिलाई ओलीको मुख्य योगदान बताउँदै विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले “मेधावी योगदान” पदकबाट विभूषित गरेको हो ।

यो पनि : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरु’द्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आ’क्र’मण गरेकामा आप’त्ति जनाएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमाह हिजाे आयोजित साहित्यिक कार्यक्रममा

अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्र’ति’कार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताए। उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको आज ध्यानाकर्षण गराएको बताए।

आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको वि’रोधमा वानेश्वरको सडकमा आ’न्दो’लन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...