काठमाडौं –
उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कु’ट’पि’ट गर्ने एक
सैनिकलाई जन्मकै’दको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई
जन्मकै’दको स’जाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजा’यको फै’सला गरेको हो ।
जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका हु’द्दा चिरण कुमार बुढालाई ९ महिना कै’द र ९ हजार ज’रि’वा’ना हुने फैसला गरेका थिए ।
त्यही फैसला विरु’द्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हु’द्दा बुढामाथि ज’न्मकै’दको फैसला सुनाएको थियो । जन्मकै’दको सजा’य २५ वर्षको हुन्छ ।
२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो ।
त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कु’ट’पि’ट गरेका थिए । कु’ट’पि’टपछि ग’म्भिर घाइ’ते भएका
राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृ’त्यु भएको थियो । उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कु’टपि’ट गरेको भनी जाहेरी दिएका थिए ।
त्यही मु’द्दामा जिल्ला अदालतले भवितव्य भएको भन्दै चिरण कुमार बुढालाई ९ महिना कै’द सजा’य र ९ हजार जरिवा’ना गरेको थियो ।
साथै मृ’तकका बाबुलाई २ लाख रुपैयाँ क्ष’तिपूर्ति भराइदिनुपर्ने भनी फै’सला गरेको थियो ।