ह्वात्तै बढ्यो कुखुराको मासुको मुल्य, कति पुग्यो प्रतिकेजी ?

काठमाडौं –

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि कुखुराको मासुको मूल्यवृद्धि गरेको छ ।

आजबाट लागु हुने गरी संघले प्रतिकिलो १५ रुपैंया मुल्य बढाएको हो । साथै आजैबाट किसानले पाउने मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको पनि संघले जानकारी गराएको छ ।

किसानले पाउने मुल्य बढेकाले उपभोक्ताले पाउने मुल्य पनि बढेको संघको भनाई रहेको छ । योसँगै अब काठमाडौं उपत्यकामा कुखुराको मासुको पतिकेजी मुल्य ३६० भएको पुगेको छ ।

संघले चिसो याममा कुखुराको उत्पादन घट्दा मासुको मुल्य बढ्न गएको बताएको छ ।

यो पनि : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटु’ट्ने बताएका छन् । 

सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्ते बताएका हुन् ।

नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दाहालले दिए । बैठकमा नेता पौडेलले एमसीसीको सम’स्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘उहाँले अरु कुरा होइन, यो गठ’बन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि सम’स्या समाधान हुनुपर्‍यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसाग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...