काठमाडौं –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठ’ग्नेहरूको विरु’द्धमा एक साता भित्रमा का’रबा’हीको दायरामा ल्याउन लागेको बताएका छन् ।
सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले
एक साता भित्रमा देशलाई ठ’ग्नेहरूका विरु’द्धमा कडा कदम चाल्न लागेको बताएका हुन् । उनले आजसम्म देशलाई ठग्नेहरूका विरु’द्धमा आफुले गरेका काम
ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए । उनले भने – ‘जतिपनि मैले कामको थालनी गरेको छु ।
मातृभूमिलाई साक्षी राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठ’ग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु ।
यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’
मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए । उनले हालै सार्वजनिक भएको अडियो टेपको
सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे ।
आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए ।
मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।
यो पनि : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफ्नो ग’ल्ती स्वीकार गरेका छन् । उनले आफुले बोल्दा बिचार नपुर्याएको भन्दै ग’ल्ती स्वीकार गरको हुन् ।
हालै सार्वजनिक भएको अडियो टेपबारे आफूले बोल्दा केही तलमाथि भएको मन्त्री आलेले स्वीकार गरेका हुन् । केही समय अघि भारतमा बस्ने एक नेपालीसंग भएको अडियो वार्ता सार्वजनिक भएको थियो ।
जसमा मन्त्री आलेले निकै असभ्य बोली बोलेका थिए । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा
राष्ट्रिय कविता महोत्वसलाई सम्बोधन गर्दै मन्त्री आलेले आफ्नो ग’ल्ती स्वीकार गरे । तर बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको बताए ।
आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एकपटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनको भनाइ छ । अडियो पूर्ण सत्य नभएको दाबी उनको छ ।
‘म मगरको छोरो । म जनजातिको छोरो । बोल्दाखेरि तलमाथि पर्न जाला तर मेरो मनमा कुनै पा’प छैन । म सफा मान्छे । मेरो रफ्तारलाई कमी गर्नको लागि कुनै तत्वहरूले
मलाई उत्तेजित पारेर, मेरा पछि लागेर म पनि एउटा मानव हुँ कतिपय ठाउँमा गल्ती हुन सक्छ । कमी, कमजोरी हुन सक्छ । मान्छेलाई रातदिन सताएर,
टेलिफोन गरेर उत्तेजित बनाएपछि एउटा मानवको नाताले मैले पनि भन्न म बाध्य भएँ । तर जतिपनि त्यो अडियोमा बाहिर आएको छ त्यो सतप्रतिशत सत्यता त्यसमा छैन,’ आलेले भने ।