साथीको सहयोगमा आफ्नै गर्भवती श्रीमतीलाई……

जनकपुरधाम –

मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर ह त्या गरेको खुलेको छ ।

भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । अपसनाको श व ४ फागुनमा जंगलभित्र फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट प क्रा उ गरेको थियो । बयानका क्रममा उनले ह त्या गरेको स्वीकारेको विष्टले बताए ।

ह त्या मा अजयलाई सहयोग गरेको आ रो प मा सर्लाहीको मलंगवा नगरपालिका–९ का प्रमोद राउत पनि प क्रा उ परेका छन् । अर्का सहयोगी फरार रहेको प्रहरीको भनाइ छ ।

अजय, श्रीमती र दुई छोरासँगै सर्लाहीको मलंगवा नगरपालिका–९ मा डेरा गरी बस्थे । उनले ‘मेला घुम्न जाऔं’ भन्दै श्रीमती र छोराहरुलाई टेम्पो चढाएर

महोत्तरी पुर्याएको र सागरनाथ वन विकास परियोजनाको जंगलभित्र लगेर साथीको सहयोगमा श्रीमतीको ह त्या गरेको खुलेको जिल्ला

प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी विष्टले जानकारी दिए । अपसना ८ महिनाको गर्भवती रहेको प्रहरीको भनाइ छ ।

पत्नीको ह त्या पछि अजयले आफ्ना दुई छोरालाई नजिकैको एक होटलमा बेवा’रिसे छाडेर भा’गेको प्रहरीले बताएको छ ।

सम्बन्धमा खटपटपछि ह त्या

अपसना र अजयबीच दुई वर्ष अगाडि चिनजान भएको थियो । अजय भारतको सीतामढीमै घर निर्माण गर्ने ठेकेदार थिए । अपसना ज्याला मजदुरीको काम गर्थिन् ।

सीतामढीमै चिनजान भयो र उनीहरुले प्रेम विवाह गरे । अपसना त्यसअघि नै विवाहित थिइन् । उत्तर प्रदेशमा विवाह गरेकी उनका दुई छोरा थिए ।

तर श्रीमानसँग सम्बन्ध बि’ग्रि’ए पछि उनी दुई छोरासहित माइतीमा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार विवाहपछि अजयको परिवारले अपसनालाई स्वीकार गरेन ।

पञ्चायतीले अपसनालाई २५ हजार भारु क्षतिपूर्ति दिएर छुट्टिने र २५ हजार भारु गाउँमा भोज खुवाउने निर्णय सुनाएको थियो ।

पञ्चायतको निर्णय अजय र अपसनालाई स्वीकार्य भएन । गाउँमा बस्न नसकेपछि नौ महिना अगाडि उनीहरु सर्लाहीको मलंगवा आएर कोठा भाडामा लिएर बस्न थाले ।

अजयले मलंगवा नगरपालिका–९ का प्रमोद राउतको घर निर्माणको काम गर्दै आएका थिए । प्रहरीले पत्नी ह त्या मा अजयलाई घरधनी राउतले सहयोग गरेको देखिएको बताएको छ ।

फागुन ३ गते दिउँसो २ बजेतिर मेला हेर्न जाने भनी अजयले श्रीमती अपसना र नाबालक छोराहरुलाई मलंगवाबाट टेम्पो रिजर्भ गरी सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर चोक पुर्‍याए ।

त्यहाँबाट प्रमोद राउतले उनीहरुलाई आफ्नो मोटरसाइकलमा राखेर बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशाला नगरपालिका–१२ मा

निर्माणाधीन रेल्वे ट्रयाकसम्म पुर्‍याएका थिए । प्रमोदले उनीहरुलाई आफ्नो मोटरसाइकलमा दुई खेप गरी त्यहाँसम्म पुर्याएको अजयले बयानमा बताएको डीएसपी विष्टले बताए ।

त्यसपछि अजयले अपसनालाई जंगलमा लगी साथीको सहयोगमा ह त्या गरेको र छोराहरुलाई डेढ किलोमिटर टाढाको कान्तिबजार स्थित होटलमा लगी

‘मेरो बच्चा एकछिन हेरिदिनुस्, म चाउचाउ लिएर आउँछु’ भनी छाडेर हिंडेका प्रहरीले बताएको छ । त्यसपछि मलंगवा फर्किन अजयलाई प्रमोदले नै सहयोग गरेको खुलेको डीएसपी विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...