काठमाडौं –
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा प्रचण्डको ष’डय’न्त्रमा फेरि एकपटक फसेका छन् ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका हुन् ।
उनले सरकारलाई दिएको समर्थ नपनि आज र भोलिभित्रै फिर्ता लिईने बताए । आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले आफूले हिजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारबाट बाहिरिनुपर्ने सल्लाह दिएको स्मरण गराए ।
तर, आजरभोलि नै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको उनले खुलासा गरे । एमसीसी जसरी पनि फेल गराउनेगरि आफूहरु अघि बढेको पनि उनको टिप्पणी छ ।
उनले नेकपा (एमाले) सँग फेरि माओवादी केन्द्रको सहकार्य हुनसक्ने पनि विश्वास दिलाए । यसको लागि अहिले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका नेताहरुसँग छलफल भैरहेको उनले जनाए ।
उनले आफूहरुले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अल्पमतमा पर्ने पनि बताए।
यो पनि : एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् ।
सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए ।
एमालेले कारबा’ही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अव’रोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने
कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए । आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने ।
‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौं,’ उनले भने । एमालेले संसद सचिवालयमा एमसीसी
दर्ता गराए पनि काँग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले एमालेको भूमिका कम हुने उनले बताए । एमसीसीभन्दा
पनि आफूहरूले राखेको माग ठूलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद बैठकमा पनि एमालेको विरो’धकै बीच एमसीसी टेबुल भएको थियो ।