काठमाडौं –
एमसीसीको वि’रोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन भएकाे छ ।
माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
कार्यक्रममा ‘एमसीसी स्वाहा’, ‘नो एमसीसी’ लेखिएको कालोपट्टी टाउकोमा बाँधेर प्रदर्शन गरेका हुन् । त्यस्तै प्रदर्शनकारीले
‘पछि अमेरिकी सेनाको गो’ली खाए म’र्नुभन्दा अहिले नेपाली सेनाको गो’ली खाएर म’र्न तयार छु’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
यो पनि : नेकपा माओवादी केन्द्रले जबरजस्ती संसदमा एमसीसी टेबल गरेको भन्दै आपत्ति जनाएको छ। माओवादी प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै आपक्ति जनाएका हुन्।
‘सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्टरुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि
बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको दर्फबाट लिखित असहमति जाहेर गरिएको छ।
देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्नसक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबरजस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति छ,’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले एमसीसीविरुद्ध सडकमा उत्रिएका नेता-कार्यकर्तामाथि प्रहरीले गरेको दमनको भर्त्सना गरेका छन्।
यो पनि : आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आप’त्ति जनाएको छ ।
आइतबारको संसद बैठकमा नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबा’जी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आप’त्ति जनाउँदै बोलेका थिए ।
सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आप’त्ति जनाएको हो । एमाले संसदीय दलका
प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अप’त्ति जनाएका हुन् ।
‘संसदमा वक्ता चयन दलले भनेपछि हुने हो । तर के अधारमा भीम रावललाई बोल्न दिनुभयो ?’, प्रमुख सचेतक भट्टराईले सभामुखसँग प्रश्न गरेका थिए । एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबा’जी कायमै राखेको थियो ।
यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्व’न्द्व बढाउने पक्षमा देखिएको बताए ।
‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको चलखेलको केन्द्र बन्यो, नेपाल । विदेशीहरुले नेपालको विषयलाई
लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झड’पको अवस्था भएपछि बल्ल ल्याइयो’, ओलीको भनाइ उधृत गर्दै एक सांसदले भने ।
ओलीले आफू भने द्व’न्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गरे । ‘हामी द्व’न्द्व बढाउने पक्षमा छैनौं । शान्तिपूर्ण निकासको पक्षमा छौं’, ओलीको भनाइ उदृत गर्दै ती सांसदले भने ।
तर हाल एमाले संसदीय प्रक्रियाबाटै बिमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको ओलीले बताए । ‘यदि संसदीय प्रक्रियामा हामीले भाग लिन पायौं भने हाम्रो एउटा स्ट्याण्ड हुन्छ’, ओलीले भनेका थिए ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुँदा एमालेले नाराबा’जी र संसद् अवरो’धलाई निरन्तरता दिएको थियो ।