काठमाडौं –
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा नेकपा माओवादी केन्द्र विभा’जित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता
गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जनाए पनि प्रभावशाली नेता नारायणकाजी श्रेष्ठदेखि प्रमुख सचेतक देव गुरुङसम्म विपक्षमा उत्रिए।
माओवादीबाट अर्थमन्त्री रहेका जनार्दन शर्मा एमसीसी टेबल गर्न अस्वीकार गर्दै अनुपस्थित रहे। सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले कार्यव्यवस्था समितिकै टेबल नगर्न सभामुखसँग माग गरे।
तर प्रचण्डले गठबन्धनमा गरेको सहमतिअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा राख्दै टेबल गर्न दिए। संसदमा टेबल गर्दा अनौठो दृश्य देखियो।
एमसीसीमा माओवादी पार्टीमात्र होइन प्रचण्डको परिवार नै विभाजि’त देखियो। सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न दिने सहमति जनाएर
प्रचण्ड संसद बैठकमा चुपचाप बसेर समर्थन जनाइरहँदा हलको बीचको सिट रहोवरमा रहेकी प्रचण्डकी बुहारी बिना मगर भने हात उठाएर नाराबा’जी गरिरहेकी थिइन्।
सञ्चारमन्त्री कार्कीले सडक र विद्युतीय प्रसारण लाइन परियोजना एमसीसी सम्झौता टेबल गर्दा ससुरा अगाडि बसेर समर्थन जनाइरहेका थिए भने बिना मगर पछाडि उठेर नाराबा’जी गरिरहेकी थिइन्।
बिनासँगै माओवादी महिला सांसदहरु यशोदा गुरुङ, अमृता थापामगर, रेखा शर्मा पनि उठेर नाराबा’जी गरिरहेका थिए। संसदमा एक दर्जन बढी माओवादी सांसदहरु उठेर राष्ट्रघा’ति भन्दै नाराबा’जी गरेका थिए।
यो पनि : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमसीसी टेबल गर्नु राष्ट्रघा’ती हो भनेर नारावा’जी गर्नेलाई आफ्नै नेतावि’रुद्ध पनि नारा लगाउन चेताव’नी दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा उनले यस्तो चेताव’नी दिएका हुन्। ‘सांसद भीम रावलले संसद्मा जसरी एमसीसी राष्ट्रघा’ती भन्नु भयो ,
यो एमाले अध्यक्ष केपी शर्मा ओलीको समयमा संसद्मा पेस भएको हो’, थापाले भने , ‘के उहाँ केपी ओली मुर्दा’वाद भन्नेर संसद्मा ना’रा लगाउन सक्नुहुन्छ? ’
त्यस्तै, उनले वि’रोधमा उत्रेका माओवादी नेताहरुले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरु’द्ध र एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष माधव नेपालविरु’द्ध यस्तै नारा लगाउन सक्छन् भनी प्रश्न गरे।
थापाले एमसीसी सम्झौता अब संसद्को अंग भएको र यसको बहस समेत थालनी भएको बताए। ‘संसद्मा अव’रोध गरिरहेको नेकपा एमालेले पनि छलफलमा भाग लिएको छ ’ उनले भने ‘आगामी दिनमा संशोधन गर्ने वा संकल्प प्रस्ताव पारित गरेर जान सकिन्छ।’
मतदानबाट एमसीसी टुंगो लाग्छ
थापाले अब बस्ने फागुन १२ गतेको संसद् बैठकमा छलफल गरेर मतदानबाटै एमसीसी टुंगो लाग्ने बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले नै पेस गरेको प्रस्ताव आज संसद्मा टेबल भएको थापाले बताए।
‘आज नेपाल सरकाले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपा नेतृत्वको सरकार जसको नेतृत्व केपी ओलीले नेतृत्व गर्नु भएको थियो। उहाँको मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भयो’, थापाले भने।
संसद बाहिर भइरहेको छलफल संसद्भित्र प्रवेश गर्नु सुखद् भएको भन्दै थापाले खुशी व्यक्त गरे। ‘एमसीसीको विषय संसद्मा छलफल हुनु
पर्नेमा बाहिर भइरहेको छ। अब संसद्भित्रै छलफल हुने छ। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो’ थापाले भने, ‘अर्को संसद् बैठक अबरो’धकाबीच चल्छ। छलफल हुने छ। मतदानबाट एमसीसी टुंगिने छ।’
आजको छलफलमा एमाले लगायत सत्ता गठबन्धनका नेताहरुले समेत भाग लिएको भन्दै थापाले खुशी व्यक्त गरे। तस्बिर : दीपेन श्रेष्ठ