काठमाडौं –
अब सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिने भएको छ । आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ अन्तर्गत उक्त सुविधा पाइने भएको हो ।
आइएमई नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता हो । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी)
बनाउने उद्देश्यका साथ कम्पनीले अभियान सुरु गरेको कम्पनीले जनाएकाे छ । उक्त कम्पनीबाट सवारी साधन खरिद गर्ने ग्राहकले
तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु पर्ने छैन । योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका
महत्वाकांक्षी चालकहरुप्रति समर्पित रहेको कम्पनीले एक बिज्ञप्ति जारी गरेर जनाएको छ । बिज्ञप्तिमा भभिएको छ
‘आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित छ । त्यसैले हामीले यसलाई ‘गुरुजी बाट साहुजी’ योजना भनेका छौं,’
त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेहरुलाई पनि यो योजनाले सहयोग गर्ने बताइएको छ ।
साथै रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्ने बिज्ञप्तिमा भनिएको छ ।
अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल भएको कम्पनी हो ।
उसका अनुसार अशोक लेलैण्डका नेपालभर २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् । त्यस्तै पार्टपुर्जाहरु पनि सजिलै पाइने छ ।
‘यो अफर यातायात÷ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि
सुनौलो अवसर भएको आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले बताए । उनले नयाँ योजना सार्वजनिक गर्ने क्रममा उक्त कुरा बताएका हन् ।
‘८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलोअबसर हो ।
यो अफर ‘तपाईंको प्रगति, हाम्रो चाहना’ भन्ने कथन अनुसार छ । म हरेक व्यक्तिलाई चाँडोभन्दा चाँडो यो अफरको लाभ लिन आग्रह गर्दछु ।
साथै यो योजना सीमित संख्याका सवारी साधनमा मात्र लागू गरिएकोले बेलैमा बुकिङ गरी यसको लाभ लिन पनि अनुरोध गर्दछु,’ उनले भने ।
उक्त सुविधा लिन तथा थप जानकारीका लागि
९८०२०५७०७०