काठमाडौं –
आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आप’त्ति जनाएको छ ।
आइतबारको संसद बैठकमा नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबा’जी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आप’त्ति जनाउँदै बोलेका थिए ।
सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आप’त्ति जनाएको हो । एमाले संसदीय दलका
प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अप’त्ति जनाएका हुन् ।
‘संसदमा वक्ता चयन दलले भनेपछि हुने हो । तर के अधारमा भीम रावललाई बोल्न दिनुभयो ?’, प्रमुख सचेतक भट्टराईले सभामुखसँग प्रश्न गरेका थिए । एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबा’जी कायमै राखेको थियो ।
यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्व’न्द्व बढाउने पक्षमा देखिएको बताए ।
‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको चलखेलको केन्द्र बन्यो, नेपाल । विदेशीहरुले नेपालको विषयलाई
लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झड’पको अवस्था भएपछि बल्ल ल्याइयो’, ओलीको भनाइ उधृत गर्दै एक सांसदले भने ।
ओलीले आफू भने द्व’न्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गरे । ‘हामी द्व’न्द्व बढाउने पक्षमा छैनौं । शान्तिपूर्ण निकासको पक्षमा छौं’, ओलीको भनाइ उदृत गर्दै ती सांसदले भने ।
तर हाल एमाले संसदीय प्रक्रियाबाटै बिमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको ओलीले बताए । ‘यदि संसदीय प्रक्रियामा हामीले भाग लिन पायौं भने हाम्रो एउटा स्ट्याण्ड हुन्छ’, ओलीले भनेका थिए ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुँदा एमालेले नाराबा’जी र संसद् अवरो’धलाई निरन्तरता दिएको थियो ।
यो पनि : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय ऐन नबनाइकन जबरज’स्ती एमसीसी टेबल गर्ने काम संविधानविरो’धी भएको बताएका छन्।
संसद बैठकपछि खनालले एमसीसी करार सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने बताए। उनले भने, ‘एमसीसी करार सम्झौता हो।
करार सम्झौतालाई अनुमोदन गर्ने भनेर अहिलेको सरकारले जुन ढंगले टेबल गर्न पुग्यो, एउटा महाशक्तिको दबा’बको आधारमा। यो नेपालको लागि लज्जाको विषय हो।’
खनालले सम्पूर्ण नेपाली जनताको शिर निहुराउने काम नेताहरुले गरेको बताए। उनले भने, ‘म यसप्रति दुः’ख प्रकट गर्न चाहन्छु, खे’द प्रकट गर्न चाहन्छु।
करार सम्झौतालाई कुनै पनि देशको संसदबाट अनुमोदन गरिँदैन। जुन ढंगले नजिर बसाइयो। नेपाललाई ट्रयापमा पारिँदै छ। संघीय ऐन
बनाएरमात्रै सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने हुन्छ। संघीय ऐन नबनाइकन जबरजस्त एमसीसी टेबल गर्ने काम गर्नु संविधानविरो’धी काम हो।’