काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसीको वि’पक्षमा उभिने बताएका छन् ।
संसदमा एमसीसी टेबल भएलगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् ।
उनले भनेका छन्,‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
प्रचण्डले एमसीसी टेबल हुन नदिन वि’रोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको वि’रोध पनि गरेका छन् ।
यो पनि : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय ऐन नबनाइकन जबरजस्ती एमसीसी टेबल गर्ने काम संविधानविरो’धी भएको बताएका छन्।
संसद बैठकपछि खनालले एमसीसी करार सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने बताए। उनले भने, ‘एमसीसी करार सम्झौता हो।
करार सम्झौतालाई अनुमोदन गर्ने भनेर अहिलेको सरकारले जुन ढंगले टेबल गर्न पुग्यो, एउटा महाशक्तिको दबा’बको आधारमा। यो नेपालको लागि लज्जाको विषय हो।’
खनालले सम्पूर्ण नेपाली जनताको शिर निहुराउने काम नेताहरुले गरेको बताए। उनले भने, ‘म यसप्रति दुः’ख प्रकट गर्न चाहन्छु, खे’द प्रकट गर्न चाहन्छु।
करार सम्झौतालाई कुनै पनि देशको संसदबाट अनुमोदन गरिँदैन। जुन ढंगले नजिर बसाइयो। नेपाललाई ट्रयापमा पारिँदै छ। संघीय ऐन
बनाएरमात्रै सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने हुन्छ। संघीय ऐन नबनाइकन जबरजस्त एमसीसी टेबल गर्ने काम गर्नु संविधानविरो’धी काम हो।’