काठमाडौँ –
प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।
संसद्बाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले ‘अब एमसीसी के हुन्छ ?’ भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’
सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।
विपक्षी दलको निरन्तरको अवरो’ध र सत्तारुढ गठबन्धनकै सांसदहरूको वि’रोधका बीच प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वि’रोधकाबीच संसद्मा एमसीसी टेबल गरेका थिए । यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले
संसद्मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरेका छन् । अन्योल र अलमलका बीचमा संसद्मा एमसीसी टेबल
भएको र अब प्रक्रिया पूरा गरेर पास हुने महामन्त्री थापाले विश्वास व्यक्त गरे । उनले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने बताए ।
उनले आज संसद्मा टेबल गरे अनुसार नै छलफल हुन्छ । उनले छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्ने बताए ।
उनले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गरे ।
उनले भने,’ अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन । सरकारमा पनि बस्ने अनि
सरकारले ल्याएको प्रस्तावको विरो’ध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’
यो पनि : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी ध’म्कीपछि सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेको आ’रोप लगाएका छन् ।
उनले अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ध’म्की दिएपछि एमसीसी संसद्मा टेबल हुन लागेको आ’रोप लगाएका हुन् ।
‘के नेपालमा अमेरिकी झन्डा आउन लागेको हो ? के नेपालमा अमेरिकी सेना आउन लागेको हो ?,’ प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद सुवालले प्रश्न गरे । उनले नेपाली कांग्रेसले आफूलाई नेपाली जनता हो कि होइन भनेर प्रस्ट पार्नसमेत आग्रह गरे ।
सांसद सुवालले यदि कांग्रेस नेपाली जनता नै हो भने अमेरिकालाई ‘हाम्रो प्रधानमन्त्रीलाई किन ध’म्की दिएको’ भनेर सोध्नुपर्ने बताए ।
उनले नेपालका तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने मन्त्री र मन्त्रीलाई हस्ताक्षर गर्न पठाउने प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्ने बताए ।
‘यस्तो सम्झौता यहाँ पेश गर्नै मिल्दैन, पास गर्न त झन् मिल्दैन,’ उनले भने, ‘यसलाई खारेज गर्नुपर्छ ।’ उनले सम्झौतामा व्यापक राजनीतिक सहमति भएको भनेर लेखिएको भन्दै त्यो गल’त भएको बताए ।
उनले सम्झौतामा भारत सरकारको सहमति हुनुपर्ने उल्लेख भएको भन्दै सम्झौता द्विदेशीय हो कि त्रिदेशीय हो भनेर प्रस्ट नभएको बताए ।
‘एमसीसीको वेभसाइटमै लेखिएको छ ।यो अमेरिकी स्वार्थलाई अगाडि बढाउने परियोजना हो; अमेरिकी अनुदान होइन । यो लगानी हो । अमेरिकाको स्वार्थबमोजिमको लगानी हामीले किन लिने ?,’ सांसद् सुवालले भने ।