३५ र ३७ वर्षका दुई महिलाले गु’प्ताङ्गमा च्यापेर….

काठमाडौं – 

गुप्ताङ्गमा लुकाएर ल्याइएको छ लाख रूपैयाँ नगदसहित सशस्त्र प्रहरीले विराटनगरबाट दुई जना महिलालाई प’क्राउ परेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ की ३५ वर्षीया गीता साह र विराटनगर-१५ की ३७ वर्षीया मुन्नी साह रहेका छन् ।

सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले दुवै जनालाई नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर-१५ स्थित भन्सार कार्यालयको

१ नम्बर ढाटबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार उनीहरुले गुप्ता’ङ्गमा

लुकाएर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा तीन–तीन लाख गरेर छ लाख रूपैयाँ नगद बरामद भएको छ । भारतबाट

लागुऔ’षध वा अन्य कुनै अवै’ध वस्तु लिएर नेपालतिर आउँदै गरेको गो’प्य सूचनाका आधारमा महिलाहरुलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का

प्रमुख डिआइजी कमल गिरीले विशेष टोली परिचालन गरेका थिए । डिआइजी गिरीको निर्देशनमा परिचालित टोलीले सीमा क्षेत्रमा रोकेर शरीर खानतलासी

गर्दा महिलाहरुको साथबाट उक्त रकम बरामद भएको सशस्त्रले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट पाँच सय र एक हजार दरका नोट फेला परेको छ ।

बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

डिआइजी गिरीले नेपाल–भारत सीमा क्षेत्रबाट हुँदै आएको अवै’ध धन्दा नियन्त्रणमा लिन सशस्त्रको विशेष टोली परिचालन गरेर निगरानी बढाइएको बताए ।

बरामद भएको रकमको स्रोत नखुलेको र पक्रा’उ परेका महिलाले पनि केही नखुलाएको सशस्त्रले जनाएको छ । सशस्त्रका अनुसार उक्त रकम अवै’ध हुन्डी कारोबारको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...