काठमाडौं –
आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।
स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।
लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरु माझ लाेकप्रिय छन् ।
असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन ।
“यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो । यो समय मत मात्रै हाेइन मनको सर्वेक्षण गर्ने पनि समय हो,”
भाटले भने, “नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’
यो पनि : वैज्ञानिकहरुले जीवनको खोजी गरिरहेको सौर्यमण्डलको एक ग्रह मंगलमा शुक्रकिट आकारको ढुंगा फेला परेको छ ।
उक्त अनौठो पत्थर फेला परेसँगै वैज्ञानिकहरु चाहिं खुसी छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाको मार्स क्युरोसिटी रोभरले उक्त ढुंगाको तस्वीर खिचेको हो ।
झ्वाट्ट हेर्दा यो ढुंगा शुुक्रकिट तथा चेपागाडा आकारको जस्तो देखिन्छ । नासाको रोभरले पत्ता लगाएको यो ढुंगाको तस्वीर अन्तरीक्ष वैज्ञानिक तथा विज्ञान लेखक स्टुआर्ट एटकिन्सनले ट्वीट गरेका हुन् ।
उनले आफ्नो ट्वीटमा लेखेका छन्– मैले भाइकिङ मिसनदेखि अहिलेसम्मका सबै मिसन देखेको छु । हजारौं विचित्र पत्थरहरु देखेको छु
जुन कहिले धर्तीमा त कहिले क्रेटर भित्र अनि कहिले पहाडमा भेटिए । तर क्युरोसिटी रोभरले खिचेको यो तस्वीरले दिमाग खराब गरिदिन्छ ।
स्मरण रहोस् मंगल ग्रहमा अनौठाखाले चट्टान फेला परेको यो पहिलोपटक होइन । हालै मंगल ग्रहमा मानव नितम्ब आकारको चट्टान फेला परेको थियो ।
त्यसलाई मार्स पर्सिभेरेन्स रोभरले फेला पारेको थियो । यसअघि मंगल ग्रहमा हरियो चट्टान पनि देखिएको थियो भने डाइनोसरको
मुखजस्तो पत्थर पनि देखिएको थियो । साथै मंगल ग्रहमा माछाको आकृति तथा मानिसको अनुहार जस्ता आकृतिहरुका तस्वीर पनि देखिने गरेका छन् ।
सन् १९७६ मा नासाको भाइकिङ १ यानले मंगल ग्रहको चारैतर्फ परिक्रमा गरेको थियो । त्यसबेला उक्त यानले मंगल ग्रहको सतहका धेरै तस्वीर खिचेको थियो । ती तस्वीरमध्ये एउटामा मानिसको अनुहार जस्तो देखिन्छ ।