काठमाडौं –
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तो’डफो’ड गरेको आ’रोपमा प्रहरीले ५ जनालाई प’क्राउ गरेको छ ।
माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हा’नेका थिए ।
गाडी तो’डफो’ड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प’क्रा’उ गरेको १ साता बितेको छ । तर, प्रहरीले आरो’पीहरुको नाम सार्वजनिक गरेको छैन् ।
महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी भएको बताए । उनले भने–‘त्यो विषय अनुसन्धानकै क्रममा छ ।’
आयोगको कार्यालय सानोठिमी भक्तपुर जाँदा अन्तर्राष्ट्रिय विमानस्थल पछाडी काँडाघारीमा गिरी चढेको प्रदेश-३-०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको थियो ।
ढुंगा प्रहा’रबाट गाडीको पछाडीको सिसा फुटेको छ । सो घटनापछि गिरीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) दिइएको छ ।
चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगबिरुद्ध आन्दोलनमा छन् ।
यसअघि चीनबाट फर्केका इन्टनसीप पुरा गर्न बाँकी विद्यार्थीले गिरीमाथी दुव्य’वहारको प्रयास गरेका थिए । उनिमाथी पटक पटक आ’क्रमण प्रयास हुँदै आएको थियो ।
