काठमाडौं –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित पाँच नेता विरु’द्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजु’री परेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजु’री दर्ता गराएको हो ।
उजुरीमा ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकाल विरु’द्ध भ्र’ष्टा’चार प्रक’रणमा छानविन गरी कारवा’ही गर्न माग गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी संशोधन गरी नीतिगत भ्र’ष्टाचा’र
गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरि’बी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानविन गर्न माग गरिएको छ ।
त्यसैगरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरीदमा भ्र’ष्टाचा’र गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारवा’ही गर्न माग गरिएको छ ।
त्यसैगरी भिजिट नेपाल २०२० का नाममा राज्यकोषको करोडौं रकम व्यापक हिनामिना गर्ने तत्कालीन पर्यटनमन्त्री भट्टराईमाथि छानवि’न गरी का’रवाही गर्न माग गरिएको छ ।
अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुली लगायत अख्तियार केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।
यो पनि : आफू मन्त्री हुँदा ‘घुस खुवाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मु’द्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जे’ल जानसमेत तयार रहेको स्पष्ट पारेका हुन् ।
पुर्वमन्त्री पाण्डेले बारम्बार आफु दो’षी हुँ र मलाई द’ण्डित गरियोस् भन्दा पनि आफुलाई सरकारले कुनै कारबा’ही नगरेको टिप्पणी गरे ।
पुर्वमन्त्री पाण्डेले १९ वर्ष अघि पनि रिपोर्टर्स क्लब नेपालमा आएर आफुलाई दण्डित गर्न माग गर्दै कालोपट्टी बाँधेको स्मरण गराए । उनले आज पनि क्लबका सभापति ऋषि धमलामार्फत आफ्नो आँखामा पट्टी बाधेका हुन् ।
पहिलोपटक भारतले २०४५ सालको अन्तमा लगाएको आर्थिक नाकाब’न्दी पछि आफुले विश्व बैंकमा अरुण तेस्रोको बारेमा वार्ता गरेको उनले सुनाए ।
आफुले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामाग्री प्रयोग गर्दै आएको पनि बताए । उनले भने,‘मैले सम्पत्ति आर्जन गर्न अरुलाई घुस दिएको हो,
जे आर्जन गरें त्यसको केही मातृभुमिलाई दिनुपर्ने थियो त्यो दिएको छैन्, त्यति हुँदापनि म प्रतिष्ठित भएर यो समाजमा हिडिरहेको छु । मलाई राज्यले द’ण्ड दिनुपर्छ । म जे’ल जान पनि तयार छु ।’
उनले १९ वर्ष अघिको घटना स्मरण गराउँदै आफुले काँस्की प्रहरीमा द’ण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने,‘काँस्की प्रहरीले केही नगरेपछि म अ’ख्तिया’रमा गएँ र द’ण्डि’त गर्न आग्रह गरेको थिए ।
त्यत्तिबेला अख्तियारले मेरो मु’द्दा तामेलीमा राख्यो । तर कुनै फैसला गरेन्, अख्तियारले तामेलीमा राखेको मु’द्दा फेरी पुर्नजीवित गराउन यही क्लबमार्फत आग्रह गर्दछु ।’
नेपाली नागरिकको हैसियतले मातृभमिलाई दिनुपर्ने तर नदिएको हिस्सा फिर्ता दिन चाहेको भएपनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्रकट गरे ।
उनले भने,‘त्यो रकम आज पनि सुरक्षित छ आजपनि सरकारले मागेमा म दिन तयार छु ।’ पाण्डेले २०५९ सालमा अख्तियारको तामेलीमा भएको केस उल्टाएर
आफुलाई कारवा’ही गर्न सरकार र सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे । उनले आफुलाई धेरैले बौलाएको आरोप लगाएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे ।