प्रचण्ड वि रु द्ध गगन थापाले गरे यस्तो भन्दै कटाक्ष, माओवादी नेता कार्यकर्ता आ क्रो शि त

काठमाडौँ –

नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे कम्युनिस्ट दलहरूले बोली फेरेको भन्दै कांग्रेसले आफ्नो बोली नफेर्ने बताएका छन् ।

उनले एमसीसी पास गर्ने वर्षौंअघिको निर्णयमा  कांग्रेस अडिग रहेको बताए । बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक

‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन ।

कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन । कांग्रेसले क्षणिक लाभको लागि बोली फेर्न जान्दैन ।’

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गर्दै अघि भने, ‘हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौँ, बोल्न जान्दैनौँ ।’

नेता थापाले सरकार चलाउँदा राजनीतिक दलले गर्ने काम, प्राथमिकताहरू, नीति कार्यक्रम र योजनाहरूबाट त्यो दल कस्तो हो भन्ने थाहा हुने

भन्दै त्यसको मूल्यांकन गरेर धारणा बनाउन आग्रह गरे । नेता थापाले केसीको पुस्तकबाट कांग्रेसलाई नजिकबाट बुझ्न मद्दत पुग्ने बताए ।

यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भएको वार्ता पनि असफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दाहालले एमसीसीलाई अहिले संसदमा टेबल नगर्न गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले एसीसी जसरी पनि संसदमा लैजाने अडान राख्नुभएको छ ।

देउवा र दाहालको संवादपछि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजे सारिएको छ ।

यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेस एमसीसीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले लेख्नु भएको पुस्तकको आज बालुवाटारमा विमोचन गर्दै देउवाले एमसीसी देशको हितमा रहेकाले संसदमा लगेर टुंग्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...