दिनभरि चल्ला बेच्ने, रातिराती यस्तो गर्ने अचम्मको गिरो’ह छ्यापछ्याप्ती

काठमाडौँ –

भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे ।

चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् । चल्ला बेच्ने नि’हुँमा घर, धनसम्पत्ति, पारिवारिक

अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लु’ट्न आउने गरेको पाइएको छ । बर्दियाको बढैयाताल र बाँकेको खजुरामा

सुनसहितको ठूलो धनसम्पत्ति लु’टेका मनिहार सहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लु’ट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई

बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा

परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४

डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चो’रेको थियो । माघ २९ गते

जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा ड’कैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया प’क्राउ परेका छन् ।

मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए । मनिहारका अनुसार, रूपैडिहाका अकिल साई,

हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०-११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकै’ती गरेर फरार हुने गर्दथ्यो ।

बाँके खजुराको विकको घरमा राति एक बजे लु’टपाट गरिएको थियो । हरिप्रकाश विकका अनुसार पछाडिपट्टिको ढोकाबाट भित्र प्रवेश

गरेका चार जना डाँ’काले शुरूमा छोरालाई नियन्त्रणमा लिएका थिए । अर्को छोरालाई बुबाआमा सुतेको कोठाको ढोका खोल्न लगाएका थिए ।

यो समाचार नेपाल समाचारपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...