काठमाडौं –
नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान नि’ध’न भएको छ ।
इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल
लगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आ’न्दो’लन’ नेपाली साहित्यको आ’न्दो’लनमा मानक बनेर उभिएको छ ।
‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरण सहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।
शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा
रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो ।
शर्माका भतिजा दीपेन्द्रनाथ शर्माका अनुसार लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रो ग, उच्च रक्तचाप, मधुमेह समेतको स्वास्थ्य सम’स्या झे’ल्दै आएका थिए ।
भतिजा शर्माका अनुसार, मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।
