एमसीसी विरुद्ध विप्लव सहित ५ पार्टीद्वारा ‘फागुन ४ गते नेपाल बन्द’ आह्वान, विज्ञप्तिसहित हेर्नुहोस

काठमाडौं –

सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ।

सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोबारे निर्णय गरेसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ ।

यसैबीच, एमसीसी सम्झौता खा’रेज हुनुपर्ने माग गर्दै आ’न्दो’लनमा रहेका दलहरुले भोलिका लागि ‘नेपाल बन्द’को आह्वान गरेका छन।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत ५ पार्टीले भोलि (बुधबार) नेपाल बन्द आह्वान गरिएको जानकारी दिएका छन ।

यसअघि फागुन ४ गते संसद भवन घेराउको कार्यक्रमको तयारी गरिरहेका ती दलहरुले कार्यक्रम फेर्दै बन्दको आह्वान गरेका हुन ।

यो पनि : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खा’रेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

कांग्रेसको विधानअनुसार योग्यता नपुगेका चौधरीलाई कांग्रेसले केन्द्रीय सदस्यमा निर्वाचित गराएको भन्दै सोही पदका उम्मेदवार सुभाषचन्द्र यादवले उनको पद खा’रेज गरी उनको ठाउँमा योग्यता पुगेका उम्मेदवारलाई

निर्वाचित गर्न माग गर्दै मंगलबार निवेदन दर्ता गराएका हुन् । उनले यसअघि निर्वाचन आयोगमा चौधरीको पद खारेजी गर्न माग गर्दै उजुरी दिएका थिए ।

तर, आयोगले कांग्रेसको निर्वाचन समितिकै निर्णयलाई सदर गरेपछि यादवले आयोग, कांग्रेस निर्वाचन समिति र चौधरीलाई विपक्षी बनाएर अदालतमा निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल र दलको विधान सम्बन्धी वि’वाद हेर्ने निकाय निर्वाचन आयोग हो । यस विषयमा निर्वाचन आयोग अर्धन्यायिक निकाय पनि हो,’

आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै यादवले भने, ‘आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्वबाट विभुख भई दिएको निर्णय चित्तबुझ्दो भएन ।’

उनले आफ्नो निवेदनउपर संविधानको धारा ४६/१३३ बमोजिम उत्प्रेषण परमादेश माग गरेका छन् । आयोगले गत १८ माघमा यादवको उजु’रीउपर निर्णय गर्दै कांग्रेस निर्वाचन समितिको निर्णय सदर गरेको थियो ।

गत मंसिरमा भएको १४ औं महाधिवेशनमा चौधरी मधेसी (खुला)तर्फ निर्वाचित भएका थिए भने यादव निकटतम उम्मेदवार हुन् ।

यादवले चौधरीको पद खारेज गरी आफूलाई निर्वाचित गर्न माग गरेका छन् । कांग्रेसको विधानमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील

सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । जवकि चौधरी ०७४ सालमा मात्रै कांग्रेस प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...