रेखा थापाले गरिन् दोस्रो विवाह, को हुन् उनको दुलहा ? के भने पूर्वपति छविराज ओझाले ?

काठमाडौं –

अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धवि’च्छेदमा टुंगिएको थियो ।

रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका स्रोतको भनाइ छ । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले

एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । शाही भने पर्यटन व्यवसायी हुन् ।

यो पनि : अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग डि’भो’र्स भएपछि एकल जीवन विताउँदै आएकी उनले

जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् ।

रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ । रेशा र बलराम विगत एक वर्षदेखि ग’हिरो प्रेममा थिए ।

रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् ।

रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०२९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् । बलराम पर्यटन व्यवसायी हुन् ।

यसै क्रममा नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए ।

छविल भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो ।

उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’ विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।

फिल्म ‘हिरो’ बाट अभिनय करिअर सुरु गरेकी रेखाले त्यसपछि करीब डेढ दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी थिइन् । उनको नाम मात्रैले पनि फिल्म सुपरहिट हुन्थे ।

कुनै बेला उनको टक्कर हिरोइनसँग नभइ हिरोसँग हुने गरेको थियो । अभिनेत्रीसँगै गायिका, निर्देशक, निर्मात्री, राजनीतिज्ञको रुपमा समेत आफूलाई चिनाएकी रेखा चाँडै नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...