काठमाडौं –
सामाजिक सञ्जालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अ श्ली ल शब्द प्रयोग गरेर गा ली गरेको अडियो भाइरल बनेको छ ।
अडियोमा आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झ’रेर आलेले गा’लि’ग’लौ’जमा गरेका छन् । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अप’हरण गर्ने सम्मको ध’म्की दिएका छन् ।
तर करीब एक वर्षअघि भएको उक्त संवादलाई ओलीले बार्गेनिङको टूल बनाएको खुल्ने एक स्क्रीनसट पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत बाहिरिएको छ ।
Dr Baba A’neal Che नामको युजर आइडी भएका एक व्यक्तिले ट्वीटरमा ओलीले आलेसँग बार्गेनिङ गरेको म्यासेजको स्क्रीन सट पोस्ट गरेका छन् ।
उनले नेपाल प्रहरीलाई मेन्सन गर्दै भनेका छन्, ‘ ए @NepalPoliceHQ मन्त्री आलेको अडियो सार्वजनिक गर्ने मान्छेले यो सम्म गरेको रहेछ । स्रोतले यो स्क्रिनसट पठायो । लु अब तु का तु मान्छे झिकाउ । यसरी ब्ल्या’कमेल गर्न पाइन्न । नेपालमा कानुन छ भन्ने देखाउ ।’
त्यस्तै सार्वजनिक भएको अर्को स्क्रीन सटमा आलेले ओलीलाई पटक-पटक भिडियो कल गरेको देखिन्छ । जवाफमा ओलीले ‘केही थियो कि ‘ भनेका छन् । त्यसपछि ओलीले एकपटक ६ सेकेन्ड जवाफी कल गरेका छन् भने अर्को पटक २ मिनेट ४० सेकेन्ड कल गरेका छन् ।
कलपछि ओलीले आलेलाई ‘हेर्दै जा’ भनेर ध’म्कीपू’र्ण म्यासेजसमेत गरेका छन् ।
मन्त्री आले : ‘तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेखेको त्यस्तो ?’
ओली : ‘हैन हजुर,हामीले पनि यस्तो आश गरेका थिएनौँ, के गर्नु ?’
मन्त्री आले : ‘कस्तो आश ?’
ओली : ‘तपाईंबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के !’
त्यसपछि मन्त्री आले एक्कासी आ’क्रो’शमा आउँछन् र युवकलाई गा’ली’ग’लौँ’ज गर्छन् । ‘कुन ठाउँमा छस् भन त ?’ भन्दै मन्त्री जँगिदा युवक भन्छन्, ‘आउन त आउ म मुम्बइ छु ।’ मन्त्री आले गा’ली’ग’लौँ’ज गर्न छाड्दैनन् र धाराप्रवाह गा’ली’ग’लौँ’जमा उ’त्रिन्छन् ।
भिडियो हेर्दा स्वभाविक रुपमा मन्त्री आलेको ग’ल्ती देखिन्छ किनकि राज्यको उच्च ओहोदामा बसेर यसरी गा’ली गर्न सुहाउने कुरा होइन । जे घटना वा विषय हो त्यसमा संयमता अपनाएर प्रश्न गर्ने ठाउँमा उनी कुनै गु’ण्डा ना’इकेसरी उत्रिएका छन् ।
यो त भयो मन्त्री आलेको दुर्बल पाटो । अब लागौँ फेसबुकमा भिडियो अपलोड गरेर भा’इरल भएका युवक जगत ओलीतिर । उनको सामाजिक सञ्जाल फेसबुक चहार्दा उनी विगतदेखि विभिन्न मन्त्री, नेताहरुवि’रू’द्द आ’क्र’म’क रुपमा उत्रेर अनेकथरी लेख्ने गर्दै आएका छन् ।
युवकको फेसबुक राम्रोसँग चियाउँदा उनी नेकपा एमालेनिकट भन्ने प्रष्टै बुझिन्छ । एमालेलाई गा’ली गरेको पटक्कै सुन्न नसक्ने र वि’रोधमा उत्रिइहाल्ने उनको फेसबुक हेर्दा सजिलै थाहा पाइन्छ ।
यसरी उनको फेसबुके क्रियाकलाप हेर्दा नियतबश नै मन्त्री आलेलाई पनि खुइल्याउन उनले हर्क’त गरेका हुन् भन्ने प्रष्टिन्छ ।मन्त्री आले र युवकको उक्त भिडियोसँगै थप सामग्रीहरु पनि सार्वजनिक भएका छन् ।
युवकले मन्त्री आलेसँग एक वर्षसम्म ५० लाख कुरेको तर, रकम उपलब्ध नभएपछि समाचार अपलोड गर्न बाध्य भएको भनेका छन् ।
सार्वजनि भएको म्यासेजको स्क्रिनसट हेर्दा युवकले आफू जगत ओली भएको बताउँदै २४ घन्टाभित्र ५० लाख रकम माग आफ्नो बैंक खातामा पठाउन अल्टिमेटम दिएका छन् ।
युवकले भनेका छन्, ‘इफ यु अक्सेप्ट माई डिमान्ड वी डिलिट योर भ्वाइस विदिन ट्वेन्टीफोर आवर्स,सेन्ड फिप्टी लाख । आई एम जगत ओली एन्ड रिप्लाइ मि सुन ।’
तर, मन्त्री आलेबाट कुनै जवाफ नआएपछि ५० को सट्टा २० लाख नगद मागेका छन् । युवकले लेखेका छन्, ‘सेन्ड मि २० लाख सुन यु सो सेल्फिस एण्ड रिप्लाइ मि ।’
यी सबै हेर्दा, भारतमा बसेर मन्त्री आलेसँग ब्ल्याकमे’लिङ गरेर नसकेपछि युवकले अन्तमा उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको देखिन्छ ।
मन्त्री आलेसँगै युवकको पनि असली रुपमा मिडियामा आएपछि युवकले मिडिया र मन्त्री आलेविरु’द्ध मानहानीको मु’द्धा लगाउने चुनौ’ती दिएका छन् ।
उनले लेखेका छन्, ‘यस्लाइ प्रमाणित गर्न चु’नौती दिन्छु यदि भएन भने प्रेम आलेलाई मानहानीको मु’द्दा लगाउने छु प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु ।’
यस विषयमा जगत ओलीलाई सम्पर्क गर्दा उनले बाहिर सार्वजनिक भएका म्यासेजका स्क्रिन सटहरु आफ्नो नभएको दावी गरेका छन् । तर, मन्त्री आलेको सचिवालयले भने सार्वजनिक भएका म्यासेजका स्क्रिन सटहरु ओलीकै भएको दावी गरेको छ ।