काठमाडौं –
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच आज बिहान एमसीसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी पेश गर्ने बताएपनि प्रचण्ड र नेपालले भने केही समय पर्खिन आग्रह गरेको नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि लगाइएको महा’भियोगबारे समेत छलफल भएको थियो । आजै बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको थियो ।
यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए ।
कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।
अवरूद्ध प्रतिनिधिसभा बैठक सुचारू र एमसीसीलाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
बैठकपछि सभामुख सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल हुन नरोक्ने बताउनुभएको थियो ।
यो पनि : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा नेतृ कोइरालाले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो ।
अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने याड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताउनुभयो ।
नेतृ कोइरालाले एमालेसहितका सबै दलहरूले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरो’ध गरेर दोहोरो चरित्र देखाउन नहुने बताउनुभयो । उहाँले नेपाललाई एमसीसीले क’ब्जा गर्न नसक्ने पनि बताउनुभयो ।
यो पनि : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार संसदमा एमसीसी पेश हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनुभएको छ ।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनु भएको जानकारी दिनुभयो ।
महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रिपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताउनुभयो ।
उहाँले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रिपरिषद्बाट
गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताउनुभयो ।
महामन्त्री थापाले बैठकमा पार्टीका नेताहरूले सरकारका कामका बारेमा छलफल गर्न खोजेकाले चाँडै त्यसका लागि बैठक बोलाइने पनि बताउनुभयो ।
उहाँले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकोले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।