काठमाडौं –
सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति भए आफुले एमसीसी नरोक्ने बताउनुभएको छ । एमसीसीका सम्बन्धमा आफु अम्पायर मात्र रहेको उहाँको भनाइ छ ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।
सो क्रममा उहाँले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिनुभएको हो ।
सोमबारको बैठक विशेष भएको र संसद्को अव’रोध हटाउने विषयमा नेताहरूले पहल गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल
एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले ग’म्भि’र पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।
उहाँले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयक लगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन
आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताउनुभयो । सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सूचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले अव संसद् सुचालु हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्मा टेबल गर्न सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको बताएका छन् ।
‘हामी एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु,’ मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले भनेका थिए ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बुधबारको बैठकमै एमसीसी टेबल हुन सक्ने संकेत गरेका छन् । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले
एमसीसी संसद्बाट अनुमोदन गर्ने कुरामा सबै दलको सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । देउवाले बैठक चलिरहेकै बेला सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत भनेका थिए ।
बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सन्दर्भमा एमालेले ष’ड्यन्त्र भइरहेको भन्नुमा प्रश्न उठाएको बताए ।
‘हामीले जुन एमसीसी सम्झौता संसद्मा टेबल गर्ने भनिरहेका छौँ, यो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते नै संसद्मा दर्ता गराएको हो,
त्यसबेला ओली सरकारले संसद्मा अघि बढाउन नसकेको विधेयकलाई यो सरकारले अघि बढाउँदा कसरी षड्यन्त्र हुन्छ ?,’ एमसीसीबारे
एमाले सचेतक विशाल भट्टराईको अभिव्यक्तिबारे देउवाले बैठकको बोलेको उदृत गर्दै थापाले भने, ‘यो विषयले त एमाले खुसी हुनुपर्ने हो ।’
महामन्त्री थापाले कांग्रेसले त्यसबेलै एमसीसी पास गर्नुपर्नेमा अडान लिएको भन्दै अहिले पनि आफूहरू त्यो प्रतिबद्धतामा अडिग रहेको बताए ।
‘हामीले त्यो बेलै एमसीसी पास गर्नुपर्छ भनेर निर्णय गरेका हौँ, अहिले पनि हामी त्यही निर्णयमा अडिग छौँ,’ उनले भने, ‘तत्कालीन नेकपा सरकारले दर्ता गरेको विधेयक हो,
त्यो विधेयक हामी अघि बढाउन चाहन्छौँ, हामी पास गर्नुपर्छ भन्नेमै अडिग छौँ, हामीलाई डबल स्ट्यान्डर्ड आउँदैन ।’
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरु’द्व दर्ता भएको महाभियोग प्रस्ताव लगायत विषयमा समेत छलफल भएको छ ।