महाभियोगबारे भविष्यवाणी : सत्ता गठबन्धनलाई ग’म्भी’र अस’र – देउवाका ज्योतिष

काठमाडौं – 

ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरावि’रु’द्ध महा’भि’योग प्रस्ताव दर्ता गर्ने निर्णय सत्ता गठबन्धनलाई

नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् । रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी हुन् ।

म’हा’भि’योग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको ग’म्भी अस’र पर्नसक्ने योग निर्माण भएको ज्योतिषी रिजालले जानकारी दिएका छन् ।

‘जबरालाई म’हा’अभि’योग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले  सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ,’ रिजालले फेसबुकमा लेखेका छन् ।

प्रधानन्यायाधीश राणाको अप’मानज’नक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराई सकेको रिजालले उल्लेख गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रन्या राणाविरु’द्ध संसद सचिवालयमा म’हाभि’योग प्रस्ताव दर्ता गराएका थिए । 

यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌मा टेबल गर्न सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको बताएका छन् ।

‘हामी एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु,’ मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले भनेका थिए ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बुधबारको बैठकमै एमसीसी टेबल हुन सक्ने संकेत गरेका छन् । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

एमसीसी संसद्‌बाट अनुमोदन गर्ने कुरामा सबै दलको सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । देउवाले बैठक चलिरहेकै बेला सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत भनेका थिए ।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने सन्दर्भमा एमालेले ष’ड्यन्त्र भइरहेको भन्नुमा प्रश्न उठाएको बताए ।

‘हामीले जुन एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने भनिरहेका छौँ, यो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते नै संसद्‌मा दर्ता गराएको हो,

त्यसबेला ओली सरकारले संसद्‌मा अघि बढाउन नसकेको विधेयकलाई यो सरकारले अघि बढाउँदा कसरी षड्यन्त्र हुन्छ ?,’ एमसीसीबारे

एमाले सचेतक विशाल भट्टराईको अभिव्यक्तिबारे देउवाले बैठकको बोलेको उदृत गर्दै थापाले भने, ‘यो विषयले त एमाले खुसी हुनुपर्ने हो ।’

महामन्त्री थापाले कांग्रेसले त्यसबेलै एमसीसी पास गर्नुपर्नेमा अडान लिएको भन्दै अहिले पनि आफूहरू त्यो प्रतिबद्धतामा अडिग रहेको बताए ।

‘हामीले त्यो बेलै एमसीसी पास गर्नुपर्छ भनेर निर्णय गरेका हौँ, अहिले पनि हामी त्यही निर्णयमा अडिग छौँ,’ उनले भने, ‘तत्कालीन नेकपा सरकारले दर्ता गरेको विधेयक हो,

त्यो विधेयक हामी अघि बढाउन चाहन्छौँ, हामी पास गर्नुपर्छ भन्नेमै अडिग छौँ, हामीलाई डबल स्ट्यान्डर्ड आउँदैन ।’

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरु’द्व दर्ता भएको महाभियोग प्रस्ताव लगायत विषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...