Advertisement

खाली कागजमा हस्ताक्षर गर्न पाँच सांसदद्वारा अस्वीकार

Advertisement

काठमाडौँ –

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ।

ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

‘चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो । के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन,’ झपट रावलले भने ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए । उनले न्यायाधीशहरूलाई महा’भि’योग लगाउने लगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए ।

सांसदहरूले भने प्रतिशोधको राजनीति गर्न नहुने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । झपट रावलले भने, ‘मैले प्रस्ट के भनेको छु भन्दा प्रतिशोधको राजनीति गर्ने होइन ।

महा’भि’योगको सट्टा महाभियोग होइन । जनताका बीचमा गएर जे भन्नुपर्ने हो भन्ने हो । हामी अनिर्णयको बन्दी बन्ने होइन । जनताले सुन्ने, बुझ्ने र अनुभूति गर्ने गरी हामी जाने हो ।’

खाली कागजमा हस्ताक्षर गर्नेमध्येका सांसदहरू कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मोहन बानियाँ, विमला विकलगायतले पनि प्रतिशोधको राजनीति नगर्ने नेतृत्वलाई भनेका थिए ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीको पक्षमा लामो समयदेखि लाग्दै आएका सांसद महेश बस्नेतले भने सभामुख अग्निप्रसाद सापकोटाविरु’द्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए । उनले न्यायाधीशवि’रुद्ध होइन सभामुखविरु’द्ध लाग्नुपर्ने धारणा राखेका थिए ।

यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पाँचजना न्यायाधीसलाई महा’अभि’योग प्रस्ताव र सभामुख हटाउने प्रस्तावको निर्णय गर्ने म्यान्डेट पार्टीको मुल नेतृत्वलाई दिएको बताएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले महा’अ’भियो’गको सम्पूर्ण म्यान्डेट नेतृत्वलाई नै दिएको उनले बताए । कुराकानी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका

नेता बस्नेतले भने,‘६ वटा खाली कागजमा हस्ताक्षर गरेर संसदीय दलमा बुझाएका छौं, उहाँहरूले कहिले म’हाअभि’यो’ग प्रस्ताव ल्याउने भन्ने निर्णय गर्नुहुनेछ ।’

उनले एकीकृत समाजवादीका १४ सांसदलाई जोगाउने, गठबन्धन बलियो बनाउने, एमसीसी नाटकीय ढंगबाट पारित गर्ने षडयन्त्रका श्रृंखला अन्तर्गत प्रधानन्यायाधीसलाई महाअ’भि’योग लगाउने प्रस्ताव आएको बताए ।

यो पनि : नेकपा एमालेको संसदीय दलले सोमबार सांसदहरुको हस्ताक्षर संकलन गर्‍यो । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आवश्यक

परेका ठाउँमा कदम चाल्न खाली कागजमा हस्ताक्षर संकलन गरिएको थियो । तर एमालेका ९८ सांसदमध्ये पाँच जनाले हस्ताक्षर गर्न अस्वीकार गरे ।

हस्ताक्षरको प्रयोजन नखुलेको भन्दै भीम रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपट रावल र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेनन् ।

परमादेश दिने सर्वोच्च अदालतका अन्य चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटामाथि एमालेले महा’भि’यो’ग लगाउने चर्चामाझ हस्ताक्षर संकलन गरिएको थियो ।

म’हाभि’यो’गबारे निर्णय उच्चस्तरीय नेतृत्वले गर्ने प्रमुख सचेतकले भट्टराईले बताएका छन् । यसमा हस्ताक्षर अस्वीकार गर्ने रावल प्रयोजनबिनाको खाली

कागजमा हस्ताक्षर गर्नुको औचित्य नरहेको बताउँछन् । ‘खाली कागजमा हस्ताक्षर किन गर्ने?’ रावल प्रश्न गर्छन्, ‘मैले उपस्थितिमा हाजिरी जनाए र त्यो खाली कागजमा कुनैमा पनि सही गरेन।’

खाली कागजमा हस्ताक्षर संकलन गर्न कर्मचारीहरु आएको भन्दै रावलले थपे, ‘मैले खाली कागजमा हस्ताक्षर गर्दिन भने ।  नेताहरु आएको भए म किन भनेर सोध्थे । कर्मचारीलाई सोध्ने कुरा भएन । मैले गर्दिन भने । मलाई थप कसैले गर पनि भनेन ।’

महा’भि’यो’गमा नलाग्न सुझाव

रावलले संसदीय दलको बैठकमा न्यायाधीशहरुमाथि महा’भि’यो’गको पक्षमा नलाग्न नेतृत्वलाई सुझाव दिएको पनि बताए । ‘प्रधानन्यायाधीशमिथ म’हा’भि’योग जसले राखेको हो उसले नै पुष्टि गर्ला ।

हामीले न्यायाधीशको महा’भि’योग हामीमाथिको आ’क्र’मणजस्तो कुरा गर्नुहुँदैन भनेर ध्यानाकर्षण गराए,’ उनले भने, ‘मैले सुरुदेखि नै संसदले छलफल र छानविन गर्नुपर्छ भनेको हो ।

स्थानीय निर्वाचनको कुरामा बाधा अव’रोध भयो, त्यसमा सम’स्या उत्पन्न गर्‍यो भने त्यसमा वि’रोध गर्ने कुरा छुट्टै विषय हो । तर न्यायाधीशसँग जोड्नुहुन्न भनेर मैले राखे ।’

एमसीसीको बारेमा पनि आपत्ति दफाहरु पढेर सुनाएको र आगामी फागुन ४ को बैठकमा टेबल हुने कुरा आएकाले यसमा ग’म्भीर रुपमा छलफल गर्न माग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...