काठमाडौं –
नेकपा (क्रा’न्तिका’री माओवादी) ले एमसीसी परियोजना अनुमोदन गर्न नेताहरूलाई ध’म्क्या’उनु अमेरिकी सा’म्राज्य’वादको दा’दागिरी’ र
एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो ह’स्तक्षे’प भएको बताएको छ । महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, अमेरिकी सा’म्राज्य’वादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसद्बाट अनुमोदन गराउन चर्को दबा’ब दिँदै आएको छ ।
त्यसले मात्र नपुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली काँग्रेसका सभापति तथा गठबन्धन सरकारका
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाललाई
प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्नु पर्ने र सो नगरे चीनको द’बाबका कारण अनुमोदन हुन नसकेको
भनी बुझ्ने भनेर शीर्ष नेताहरूलाई ध’म्क्या’इएको कुरा अमेरिकी साम्राज्यवादको दा’दागि’री र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो ह’स्तक्षे’प हो ।
अर्कोतिर, अमेरिकी सा’म्रा’ज्यवा’दको यस प्रकारको प्रत्यक्ष ह’स्तक्षे’प हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काँग्रेससको केन्द्रीय कार्यसमितिको बैठकले
एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता
जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेता श्यामशरण महतले अमेरिकी सा’म्राज्य’वादको तावेदारी गरेको पार्टीको ठहर छ ।
एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएको पनि पार्टीको
बुझाइ छ । यो नेपालका शासक वर्गको अमेरिकी सा’म्राज्यवा’दप्रतिको चरम दलालीको अभिव्यक्ति हो, विज्ञप्तिमा भनिएको छ ।
पार्टीले अमेरिकी सा’म्राज्य’वादको यस प्रकारको प्रत्यक्ष ह’स्तक्षे’प र संसद्वादी राजनीतिक पार्टीहरूले गरेको अमेरिकी सा’म्राज्य’वादको नाङ्गो दलालीको तीव्र भर्त्सना र घोर वि’रो’ध गरेको छ ।
एमसीसी परियोजनालाई खा’रेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै स’ङ्घर्ष अगाडि बढाउन पार्टीले अपिल पनि गरेको छ ।