अमेरिकी मन्त्रीले ध म्का एको बिषयलाई लिएर कांग्रेसले दियो यस्तो लज्जा स्प द प्र ति क्रि या, सबै चकित

काठमाडौं – 

नेपाली कांग्रेसले एमसीसी सम्झौतामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको चासोलाई द’बाब भन्न नमिल्ने तर्क गरेको छ ।

कार्यसम्‍पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी चासोलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन आएको पुष्टि गर्दै महतले एमसीसीमा भएको ढिलाईबारे चासो राखेको जानकारी दिए ।

‘उहाँहरुको चासो, तपाईहरुले नै प्रस्ताव गरेर निर्धारण गरेको क्षेत्रमा हामी सहयोग प्रक्रिया अगाडि बढाएका हौं र तपाईहरुले नै पास गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

के कारणले यो कुरामा अफ्ठेरो परेको छ भनेर उहाँहरुले प्रश्न गर्नु स्वभाविक हो । कुनै अनौठो कुरा होइन,’ उनले भने ।

प्रधानमन्त्री एवं सभापति देउवाले सबैलाई सहमतिमा ल्याउने प्रयास भइरहेको र चाँडै टुंगो लगाउने जवाफ दिएको उनले बताए । उनले अमेरिकी मन्त्रीले राखेको चासो र जिज्ञासालाई द’बाब भन्न नमिल्ने बताए ।

एमसीसी सम्झौताको प्रक्रियामा सरकारमा सहभागी सबै दल सहभागी भएको भन्दै अहिले अन्योलमा राख्नु उपयुक्त नभएको पनि बताए ।

‘बाबुराम भट्टराईदेखि लिएर ओलीजी, (खिलराज)रेग्मीजी, प्रचण्डजी, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवासम्म सबैको सहभागिता छ । प्रचण्डजीले पठाएको हो, जुनबेला प्रधानमन्त्री देउवा र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो ।

महराजी विदेशमन्त्री हुनुहुन्थ्यो । उहाँ(महरा)कै नेतृत्वमा समिति थियो । र मन्त्रिपरिषदले पास गरेको हो । ओलीजीले त आफै प्रक्रिया अगाडि बढाउनुभएको थियो । सरकारमा आएका कुनै पनि पार्टीहरुले यसलाई नकारेको छैन । प्रक्रियालाई अगाडि बढाएको छ,’ उनले भने ।

महतले थपे, ‘हामी सबै सहभागी हुने, निर्णय प्रक्रियाबाट अगाडि पनि बढाउने र फेरि अहिले अन्योलमा राख्दा किन यस्तो भएको हो भनेर प्रश्न आउने कुरालाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन । बरु हामीले किन अगाडि बढाउन सकेनौं?

के कारण हो भनेर स्पष्ट दृष्टिकोण आउनुपर्छ । हामी यसमा स्पष्ट छौं । नेपाली कांग्रेसको सत्ता बाहिर एउटा सत्तामा हुँदा एउटा दृष्टिकोण हुँदैन । हामी सत्य यथार्थको पक्षमा उभिन्छौं । यही कुरा अन्य दललाई गर्न अनुरोध गर्दछौं ।’   

यो पनि : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसी पारित गर्न अमेरिकी अधिकारीहरुले दिएको दबा’वको वि’रोध गरेको छ ।

बिहीबार एमसीसी तत्काल पारित गर्न भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालका नेताहरुलाई द’बाव दिएका थिए ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार विज्ञप्ति जारी गरी एमसीसी पास नगरेमा नेपाल नीतिमै हेरफेर गर्छौं भन्नु अमेरिकाको साम्राज्यवादी थ्रेट भएको बताएका छन् ।

‘हिजोमात्रै अमेरिकी अधिकारीहरुले एमसीसी पास नगरेमा नेपाल हेर्ने नीतिमै हेरफेर गर्नेछौं भन्ने साम्राज्यवादी थ्रेटको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ’ उनले भनेका छन् ।

विज्ञप्तिमा कुनै पनि प्रलोभन, धाक धम्कीमा नपरी अमेरिकाको व्यवहारको वि’रोध गर्नुपर्ने उल्लेख गरिएको छ ।

एमसीसी देशको सुरक्षा, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डतामाथि प्रत्यक्ष हस्तक्षेप गर्ने नवउपनिवेशको एउटा रुप भएको अनेरास्ववियूले उल्लेख गरेको छ ।

उसले एमीसी खारेज गर्न र संसदमा टेबल नगर्न दबा’व दिन फागुन १ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...