काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । जारी निर्देशिका अनुसार पार्टीका सदस्यले
मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने दायित्व तोकिएको छ । यसअघि वार्षिक रूपमा सदस्यले ३ सय ७५ रुपैयाँ पार्टीमा बुझाउँदै आएका थिए ।
यसैगरी, संशोधित नियमावलीअनुसार सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानुपरेमा सोको जानकारी अध्यक्षलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।
एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालीन पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य, कार्यालय सचिव र
कर्मचारीलाई सम्बन्धित कमिटीले निर्धारण गरे बमोजिमको पारिश्रमिक र सुविधा दिने व्यवस्था गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
यो पनि : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि ग’म्भिर खेलबा’ड गरेको आ’रोप लगाएका छन्।
पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले
सभामुख अग्नीप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौंता अघि बढन नदिएको भन्दै आपत्ति समेत जनाए।
सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादा वि’परितका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंशा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराए।
अध्यक्ष ओलीले चुच्चे नक्शा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरुले नगरेर देश र मुलुकको भौगोलिक अख’ण्डतामाथि खे’लबाड गरिरहेको आ’रोप पनि लगाए।