काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १७ हजार ४४७ पीसीआर र तीन हजार ५४२ एन्टिजेन परीक्षण गर्दा थप १ हजार १२८ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ हजार २१५ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ हजार २१५ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्याका सबैलाई को भि ड –१९ विरु’द्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताएका छन् ।
स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गर्दै शुक्रबार वैशाख मसान्तसम्ममा लक्षित जनसंख्याका सबैलाई खोप प्रदान गर्ने दाबी गरेका हुन् ।
उनले गत असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरे पनि त्यसमा अधिकांश रुपमा विगतका सरकारहरूले गरेका निर्णयहरूकै निरन्तरतामात्रै देखिएका छन् ।
उनले लक्षित जनसंख्यालाई खोप दिनका लागि खोपको सुनिश्चितता भइसकेको पनि दाबी गरेका छन् । उनका अनुसार माघ २७ गतेसम्म १२ वर्षमाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको पनि जानकारी दिएका छन् ।
नेपालले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज खोप प्राप्त गरिसकेको छ भने नागरिकलाई ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकेको छ ।
मन्त्री खतिवडाले को भि ड–१९ को खोप अभियानलाई नै आफ्नो प्रमुख कार्यका रुपमा पेश गरेका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य आफ्नो नेतृत्वमा भएको बताए;
यद्यपि पूर्ववत् सरकारले नै खोप प्राप्तिको सुनिश्चितता गरिसकेको थियो । यस्तै गर्भवती महिलालाई खोप लगाउन थालिएको कार्यलाई पनि मन्त्री खतिवडाले आफ्नो कार्यगत सफलतामा समावेश गरेका छन् ।
ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिसकेपछि मात्रै स्वास्थ्य मन्त्रालयले अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गर्नुलाई आफ्नो सफलताका रुपमा पेश गरेका छन् ।
सरकारले पुसको अन्तिम साता नै बुस्टर डोज दिने घोषणा गरेपनि पछि त्यो प्राविधिक कारण भन्दै माघको २ गतेदेखि मात्रै सुरु गरिएको थियो ।
त्यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि को भि ड–१९ वि रु द्धको खोप प्रदान गर्न खोपको सुनिश्चितता गरेको पनि मन्त्री खतिवडाले जानकारी गराएका छन् ।
यसैगरी मन्त्री खतिवडाले फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर खोप प्रदान गर्ने बताएका छन् ।
स्वास्थ्यमन्त्रीले आफ्नो कार्यगत प्रगती विवरणमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको, मिर्गौला प्रत्यारोपण, क्या’न्सर रो’गी र मेरुदण्ड पक्षघा’तका बिरा’मीलाई औषधि उपचार खर्च
उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८-२०८६ को अन्तिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा
२०१७/१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण–२०२१, टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ तर्जुमा भएको पनि उल्लेख गरेका छन् ।
यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकुनै ठोस योजना हठात्मा उद्धघाटन गरेका ३९६ आधारभूत अस्पतालमध्ये २२६ वटाको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भइएसकेको पनि आफ्नो कार्यगत प्रगति विवरणमा समेटेका छन् ।