काठमाडौँ –
एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक
विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री सहित प्रमुख दलका नेताहरुलाई चे’ताव’नी दिएका छन् । दक्षिण एसिया तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँगको टेलिफोन कुराकानीमा
एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्न पनि आग्रह गरेका छन् । फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन
नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने उनको भनाइ थियो ।एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिक्रिया आएपछि अमेरिकी मन्त्रीले टेलिफोन गरेका हुन् ।
‘एमसिसी सम्झौता अनुमोदन नभएमा हामीले त्यसमा चिनियाँ भूमिकाले काम गरेको बुझ्नेछौं’, कुराकानीपछि उनको भनाइ उद्धृत गर्दै उच्च स्रोतले भन्यो।
लुले एमसिसीबारे अन्तिम निर्णय गर्न दाहालसँग आग्रह गरेका थिए। जवाफमा दाहालले एमसिसीबारेमा नेपालले जुनसुकै निर्णय गरे पनि स्वतन्त्र रुपमा गर्ने भएकाले यसमा कसैको भूमिकाले काम नगर्ने बताएका थिए।
नेपालमा एमसिसी सम्झौता कार्यान्वयनमा विलम्ब हुँदै गर्दा सहायक विदेशमन्त्री लु गत नोभेम्बरमा काठमाडौं आएका थिए। नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सहित
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरेका उनले त्यति बेला एमसिसी डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने बताएका थिए।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले गत असोज १३ मा चारपाँच महिना म्याद थप गर्न आग्रहसहित पत्र लेखेपछि उक्त सम्झौता अनुमोदनको म्याद फागुन १६ सम्म थप गरिएको थियो।
थपिएको म्यादमा पनि एमसिसी कार्यान्वयनका लागि पहल हुनुको सट्टा सत्तारुढ दलबाटै एमसिसी कार्यान्वयन गर्न नहुने आवाज उठ्न थालेपछि
अमेरिकी सहायक विदेश मन्त्री लुले एमसिसीका बारेमा अन्तिम निर्णय गर्न सरकार र सत्तारुढ दलसँग आग्रह गरेका हुन् । देउवा र दाहाललाई जवाफी पत्र
पठाएको एमसिसी मुख्यालयले नेपालले फागुन १६ सम्म पनि सम्झौता अनुमोदन नगरेमा एमसिसी बोर्डले आउँदो मार्चमा नेपाल कम्प्याक्टलाई निरन्तरता
दिने वा नदिने भन्नेसहितको निर्णय गर्ने र बोर्डले पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगसम्बन्धी सम्झौता र’द्द गर्न सक्ने जनाएको छ। यस्तो निर्णयले नेपालसँगको एमसिसीको साझेदारी अन्त्य हुने जनाइएको छ।
शीर्ष नेताबीच छलफल
अमेरिकी सहायक विदेशमन्त्री लुसँगको टेलिफोन संवादपछि सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेट भएको छ।
प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवासमा भएको भेटमा एमसिसी अघि बढाउने विषयमा छलफल भयो।
छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अघि बढाउने दोहोर्याएको जानकारी दिँदै स्रोतले भन्यो, ‘दाहाल र नेपाल अहिलेकै अवस्थामा एमसिसी अघि बढाउन सकिँदैन भन्ने अडानमा हुनुहुन्छ।’
एमसिसी अनुमोदन गर्न नहुने पक्षमा सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाभित्र बलियो मत रहेको छ।